
बेलबारीमा प्रहरीको प्रादेशिक अस्पताल संचालनकाे तयारी
- माघ १७, २०७९ मा प्रकाशित
इटहरी । मोरङको बेलबारीमा नेपाल प्रहरीको प्रादेशिक अस्पताल संचालन गर्ने तयारी शुरु भएको छ ।नेपाल प्रहरी अस्पतालका निर्देशक एआइजी डा.आशा सिंह सहितको प्रहरी अस्पताल टिमले आईतबार बेलबारी नगरपालिकाका जनप्रतिनिधिसितको भेटमा सो कुराको जानकारी गराईएको हो ।
सोहि टिमले अस्पताल संचालन हुने स्थल इलाका प्रहरी कार्यालयको पुरानो भवनको निरीक्षण समेत गरेको थियो ।निर्देशक सिंहले सातवटै अस्पतालमा प्रादेशिक अस्पतालको अवधारणमा काम भइरहेको जानकारी गराउँदै यस क्षेत्रमा प्रहरी तथा भूतपूर्व प्रहरीको सङ्ख्या ठुलो रहेकोले प्रहरी अस्पताल संचालन गर्न लागिएको बताउनुभयो।
ईलाका प्रहरी कार्यलय वेलवारीको पुरानो भवनमा निकट भविष्यमा ५० वेडको अस्पताल र ट्रमा सेन्टरको सुविधा सम्पन्न अस्पताल बनाउने योजना रहेको पनि निर्देशक सिंहले बताउनुभएको थियो ।प्रहरी कल्याण महाशाखाका एसएसपी केदार ढकालले नाम प्रहरी अस्पताल भए पनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सो अस्पतालबाट स्वास्थ्य सेवा पाउने जानकारी दिनुभयो ।
उक्त भेटको अवसरमा नगरप्रमुख दिलप्रसाद राईले बेलबारीलाई प्राथमिकतामा प्रहरी अस्पतालको निर्माण कार्य जारी राखेकोमा विशेष आभार व्यक्त गरे । संचालन हुने अस्पतालमा तत्कालका लागि भने ल्याप, एक्सरे तथा इमर्जेन्सी सेवा संचालन गरिने बताइएको छ । प्रहरी अस्पतालमा १५ जना जनशक्ति रहने बताइएको छ ।
उक्त छलफलमा बेलबारी नगरपालिकाका उपप्रमुख नीतु थापा कोइराला, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, लेखा प्रमुख धनमाया राई,बेलबारी नगरपालिकाका १ का अध्यक्ष मणि मगर २ का अध्यक्ष कृष्ण गुरुङ ३ काअध्यक्ष योगेन्द्र सुवेदी ९ का अध्यक्ष शालिकराम बस्नेत र ११ नं वडाका अध्यक्ष बिक्रम बान्तावा राई लगायत सहभागी थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments