
बेलबारीमा प्रदेश प्रहरी अस्पतालकाे उदघाटन : अपराधमुक्त समाज बनाउन प्रहरी चुक्नु हुदैन : महानिरिक्षक सिंह
- फाल्गुन ११, २०७९ मा प्रकाशित
इटहरी । मोरङको बेलबारी–३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरे । तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शैंयाको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको हो ।
महानिरीक्षक सिंहले १ नं प्रदेशमा प्रहरी तथा भूतपूर्व प्रहरीको संख्या ठूलो रहेकाले प्रहरी अस्पताल सञ्चालन गरिएको बताए । उनले नाम प्रहरी अस्पताल भए पनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सेवा पाउने उल्लेख गरे ।
अस्पतालको शुभारम्भले प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अशक्त तथा बहालवाला प्रहरी कर्मचारी र आश्रित परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उद्देश्यले प्रदेश प्रहरी अस्पताल सञ्चालनमा ल्याइएको बताए ।कार्यक्रममा प्रदेश अस्पतालसम्बन्धी प्रतिवेदन डा. सरोज सिंहले प्रस्तुत गरेका थिए ।

उनले अस्पतालमा तत्कालका लागि प्रयोगशाला, एक्सरे तथा आकस्मिक सेवा उपलब्ध गराउनुका साथै अस्पतालमा ११ जना जनशक्ति रहने उल्लेख गरे ।बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले बेलबारीलाई प्राथमिकतामा राखेर अस्पताल शुभारम्भ गरेकोमा प्रहरी अस्पतालको टिमप्रति विशेष आभार प्रकट गरे ।
नेपाल प्रहरी प्रदेश संरचनामा रुपान्तरण हुँदै गरेको तथा प्रदेशभरिका प्रहरी कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै अस्पतालको स्थापना गरी सेवा सुरु गरिएको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले जानकारी दिइन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments