
बृषेश चन्द्रलालले लोसपा छाडे, पुनः दर्ता भएको तमलोपामार्फत राजनीति गर्ने
- माघ २९, २०७८ मा प्रकाशित
काठमाडौं: लामो समय देखी महन्थ ठाकुर नेतृत्वलाई साथ दिदैँ आएका प्रभावशाली नेता बृषेशचन्द्र लालले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)वाट अलग भएका छन् ।
ठाकुर नेतृत्वको लोसपा नेपाल परित्याग गरेका लालले पुरानो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पुनः दर्ता गरेर सोही पार्टीमार्फत राजनीतिक गतिबिधि गर्ने भएका हुन् ।
‘लोसपा संस्थागत रुपमा चल्न सकेन्, लोसपा मात्रै होइन जसपा पनि संस्थागत रुपमा चल्न सकेको अवस्था छैन, एउटा केपी ओलीको पछाडी लागेको छ भने अर्को पार्टी प्रचण्डजीको पछि लागेको अवस्था छ,’ लालले न्युज कारखानासँग भने, ‘मधेस आन्दोलनको मर्म र भावना बिपरित मधेसका नेताहरु सत्ता र कुर्सीका लागि ज्यान फाल्न थाले पछि मधेस आन्दोलनका आन्दोलनकारीहरुको भावनालाई सम्वोधन गर्न लोसपा छाडेको हुँ ।’ उनका अनुसार महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वको पार्टीले मधेस केन्द्रित दलको पहिचान गुमाउँदै गएकाले पार्टी छाडन बिवश भएको हो ।
‘मधेस आन्दोलनमा सक्रिय साथीहरुको सल्लाह अनुसार तमलोपा निर्वाचन आयोगमा पुनः दर्ता भएको छ, अबको राजनीति म यसैवाट गर्ने निष्कर्षमा पुगेको छु,’ लालले अगाडी भने, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार तमलोपावाट खडा गर्ने गरी गृहकार्य भईरहेको छ, साथीहरु क्रमशः हामीसँग जोडिदैँ जानु भएको छ ।’ उनका अनुसार रघुशंकरलाल कर्णका संयोजकत्वमा निर्वाचन आयोगमा पुनः दर्ता भएको तमलोपमा संविधानसभा सदस्य डा. बिजय सिंहलगायतका मधेस आन्दोलनका सारथीहरु रहेका छन, संगठन विस्तारका लागि फागुन पहिलो सातावाट तराई मधेसका सबैजसो जिल्लामा औपचारिक कार्यक्रम गर्ने तयारीसमेत भईरहेको छ ।
लाल तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालकातर्फवाट राष्ट्रियसभा सदस्यसमेत बिजयीसमेत भएका थिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments