
बी र सी डिभिजन लिगमा बहुमतकाे संकेत नदेखिएपछि घोषित चुनाव स्थगित
- माघ २६, २०७८ मा प्रकाशित
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी १५ जेठमा चुनाव मिति तय भएसँगै विभिन्न घटनाक्रम बाहिरने क्रम सुरु भएको छ ।
एन्फाले जेठमा हुने चुनावका लागि आज (बुधबार) सहिद स्मारक ‘बी’ डिभिजन र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोटसहित मताधिकारका लागि चुनाव गर्ने कार्यतालिका थियो । तर अन्तिम समयमा आएर निर्धारित कार्यतालिका स्थगित भएको छ ।
‘हिजो साँझसम्म आज चुनाव गर्ने भन्ने कुरा थियो । तर अहिले स्थगित भयो भन्छन् । बी डिभिजन संयोजकलाई केही पनि थाहा छैन । सबै आफूखुसी कार्य गर्दै भएका छन्,’ रानीपोखरी कर्नर टिम (आरसीटी) का प्रतिनिधि तथा बी डिभिजन लिगका संयोजकसमेत रहेका कुमारराज भण्डारीले न्युज कारखानासँग भने ।
यसअघि एन्फाले २१ माघमा क्लबलाई पत्र काट्दै २६ गते प्रतिनिधि छनोट कार्यक्रम रहेको बताएको थियो । क्लबले त्यहीअनुसार नै तयारीसमेत गरेका थिए । तर अन्तिम समयमा निर्धारित प्रतिनिधि छनोट नहुने भएको हो ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले बुधबार बिहान क्लबलाई २८ माघ (शुक्रबार) लाई प्रतिनिधि छनोट कार्यक्रम रहेको पत्र काटेका छन् ।
एन्फा एक सदस्यले भने अध्यक्ष कर्माछिरिङ शेर्पाले आगामी चुनावका लागि बी र सी डिभिजनबाट आफ्नो बहुमत नदेखिएको र मताधिकारसमेत खोसिने हुँदा निर्धारित समयमा चुनाव नगरेको आरोप लगाए । ‘हामी मंगलबार एन्फामै थियौं । उहाँहरूले भक्तपुरमा सम्बन्धित क्लबसँग बैठक गर्नुभएको रहेछ । आफ्नो बहुमत नदेखिएपछि चुनाव स्थगित गर्नुभयो,’ एन्फा कार्यसमितिका एक सदस्यले भने ।
यसअघि एन्फा चुनावमा ९२ मत खसेको थियो । तर यसपटक भने पाँच जिल्ला गठन नहुँदा कुल ८७ मतका लागि चुनाव हुनेछ । आगामी निर्वाचनमा १४ क्लब रहेका बी र सी डिभजिनबाट क्रमशः ११ र ९ प्रतिनिधि छानिनेछन् । यस्तै ए डिभिजन क्लबबाट भने १४ क्लबले नै मत हाल्नेछन् ।
यता, जिल्लाबाट ४५ मत झर्दा राष्ट्रिय लिगका लागि छनोट भएका चारवटा क्लबले मत अधिकार पाउनेछन् । यस्तै खेलाडी संघ, रेफ्री संघ, प्रशिक्षक संघ र महिला संघबाट चार मत रहनेछ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ नयाँ चार वर्षे कार्यकालका लागि चुनाबी मैदानमा उत्रने छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments