
बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव: हरेक दिन अलग अलग जातिका सांस्कृतिक प्रस्तुति
- फाल्गुन १०, २०७९ मा प्रकाशित
झापा । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बिभिन्न जातीय सांस्कृतिक झलकले विशेष महत्व पाएको छ ।व्यवसायिक स्टलका अलावा जातीय संस्कृति झल्कने स्टलहरु समेत महोत्सवमा राखिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ संगको सम्वन्वयमा महोत्सवमा स्टल राखिएका हुन् ।
महोत्सव स्थलमा थारु, राजवंशी, दनुवार, नेवार लगायतका काल संस्कृति झल्कने प्रतिकात्मक स्वरुपमा स्टल राखिएको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताउनुभयो । त्यस बाहेक प्रत्येक दिन विभिन्न जात जातिका औपचारिक कार्यक्रम सम्पन्न हुँदै आएका छन् ।
गत फागुन ५ गतेदेखि सञ्चालनमा आएको महोत्सव स्थलमा मंगलवार नेवार समुदायले जातीय पहिचान झल्कने विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । नेवार समुदायको लाखे नाच, धिमे वाजा सहित जातीय पोशाकमा महोत्सव स्थलमा पुगेका उनीहरुले औपचारिक कार्यक्रम मार्फत महोत्सव सफलताको शुभकामना दिए ।
यस अघि सोमवार राजवंशी समुदायका अगुवा नेता र कलाकारहरुको उपस्थितिमा उक्त कार्यक्रम भएको थियो । प्रत्येक दिन फरक फरक जातीका अगुवा नेता तथा कलाकर्मीहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुँदै आएको महोत्सव आयोजक समितिका सचिव कुशल खतिवडाले बताउनुभयो ।
महोत्सव स्थलमा विभिन्न कृषि उपजका स्टलहरु समेत समावेश छन् । प्रदेश सरकार कृषि मन्त्रालयको सहयोगमा फलफूल र कृषि उपजका पाँच पाँच वटा स्टल राखिएको मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिनाले बताउनुभयो ।

सचिव तिमिल्सिनाको नेतृत्वमा आएको मन्त्रालयको टोलीले मंगलवार महोत्सव स्थल अवलोकन गरेको छ । फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक साँझ सुप्रशिद्ध राष्ट्रिय कलाकारहरुको सांङ्गितिक प्रस्तुति रहँदै आएको छ । साङ्गितिक प्रस्तुतिमा मनोरञ्जन लिन उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहँदै आएको समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो ।
महोत्सवमा मनोरञ्जनका लागि राखिएका खेल सामग्रीले महोत्सवको रौनकता बढाएको बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो । मेलामा नेपालकै अग्लो रोटेपिङ राखिएको छ । त्यस वाहेक महोत्सव स्थलमा आकर्षक प्रवेशद्वारा, बृज खलिफा, धरहरामा सेल्फी खिच्नेहरको भीड लाग्ने गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments