
बिर्तामोडमा भाटभटेनीको शाखा, केपी ओली पुग्दा मीनबहादुरले गरे स्वागत
- आश्विन ५, २०८० मा प्रकाशित
झापा । मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपरमार्केटले आफ्नो २६ औँ शाखा झापाको बिर्तामोडमा खोलेको छ।उक्त सुपरमार्केटको शाखा सञ्चालनमा ल्याउँदा सञ्चालक मीनबहादुर आफैँ त्यहाँ पुगेका थिए। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना आरोपमा करिब ६० दिन प्रहरीको हिरासतमा बसेर छुटेलगत्तै गुरुङ व्यवसाय विस्तारमा सक्रिय भएका छन्।
मीनबहादुर आफैं पुगेर शुभारम्भ गरिएको शाखाको अवलोकनमा बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि पुगे।दमकमा अयोजित समृद्ध नेपाल सुखी नेपाली विषयक अन्तर मावि वक्तृत्वकला तथा साक्षत्कार कार्यक्रममा सहभागी भएपछि ओलीले भाटभटेनी सुपरमार्केटको अवलोकन गरेका हुन्।
ओलीसँग पार्टीका नेताहरु विशाल भट्टराई, अग्नि खरेल लगायत भाटभटेनी अवलोकनमा पुगेका थिए।
ओली नेतृत्वको टोलीलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले स्वागत गरे।अवलोकनका क्रममा ओलीले केही किनमेल पनि गरे। ओलीले सञ्चालक गुरुङसँग भलाकुसारीसमेत गरे। बिर्तामोडको सुपरमार्केटमा स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फुट्वेर, फुडकोर्ट, मल्टिप्लेक्स सिनेमा हल र बालबलिकालाई किडजोन तथा स्केट पार्क लगयत सुविधा छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments