
बिराटनगर महानगरका मेयर नागेस काेइरालाकाे खुलाशा : प्रदेशकाे राजधानी इटहरी सार्ने खेल हुदैछ
- असार २९, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ सरकारले विराटनगरभन्दा बाहिर राजधानी सार्ने प्रयास गरेको विराटनगर महानगर मेयर नागेश कोइरालाले आरोप लगाएका छन् । प्रदेशका स्थायी संरचना निर्माण गर्नका लागि प्रदेश सरकारले जग्गा खोजी रहेको बेला उनले यस्तो आरोप लगाएका हुन् ।
विराटनगर बाहिर जग्गाको खोजीमा प्रदेशका केही मन्त्री लागेकोसमेत मेयर कोइरालाले आरोप लगाएका छन् । महानगरपालिकालाई जग्गा उपलब्ध गराउन भनेर पत्र पठाएको १ घण्टा भित्रमा कार्यपालिकाको बैठक राखेर जग्गा उपलब्ध गराउने मेयर कोइरालाको भनाइ छ । ‘विराटनगर बाहिर राजधानी सार्ने प्रयास हुन थालेको छ,’उनले भने ‘राजधानीका लागि महानगरले जति पनि जग्गा दिन सक्छ तर प्रदेश सरकारले महानगरसँग जग्गाको विषयमा खोजी नै गरेको छैन ।’
आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको संयोजकत्वमा रहेको जग्गा खोजी समिति बनेको छ । समितिले विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, बुढीगंगा, कटहरी र ग्रामथान गाउँपालिकाका क्षेत्रमा भएका सरकारी जग्गाको खोजी गर्न थालेको छ । सरकारले बनाएको समितिमा विराटनगर महानगर प्रमुख कोइराला, बुढीगंगा गाउँपालिका अध्यक्ष जितेन्द्र थापा मगर, ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार,सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईँ, इटहरीका मेयर हेमकर्ण पौडेल रहेका छन् ।
प्रदेश सरकारले इटहरी, विराटनगर, बुढीगंगा, ग्रामथान र सुन्दरहरैंचा आसपास नै आफ्ना संरचना बनाउने तयारी गर्दै जग्गा व्यवस्थापन गर्न तयारी गरिरहेको छ । विराटनगर महानगरको स्वामित्वमा रहेको बुढीगंगाको २२ बिघा जग्गालाई समेत प्रयोग गर्न सकिन्छ भनी छलफल अगाडि बढाएपछि मेयर कोइराला असन्तुष्ट हुँदै आएका छन् ।
प्रदेश सरकारले जग्गा उपलब्ध गराउन निवेदन दिए महानगरले सहजै जग्गा उपलब्ध गराउने उनले बताए । राजधानीको संरचना बनाउनका लागि जग्गाको खोजी मात्रै भइरहेको मन्त्री केदार कार्कीले बताए । उनले बृहत विराट क्षेत्र भित्र पर्ने स्थानीय तहमा जग्गाको खोजी भइरहेको बताए । प्रदेश सरकारले विराटनगरलाई प्रदेशको राजधानी घोषणा गरे पनि अहिलेसम्म स्थायी संरचना भने बनाउन सकेको छैन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments