
बिराटनगर बालिका बेपत्ता प्रकरण : घरमा श्रीमती हुदाहुदै प्रेमिकाकाे चक्करमा लाग्दा बच्चा गायब : ४८ घण्टापछि भारतबाट शकुसल उद्धार
- श्रावण ४, २०७९ मा प्रकाशित
इटहरी । अपहरणमा परेको भनिएको मोरङको बुढीगंगा गाउँपालिका –१ का दीपेन्द्र यादवको एक वर्षीय छोरीलाई प्रहरीले भारतबाट उद्धार गरेर ल्याएको छ ।मोरङ प्रहरीबाट खटिएको प्रहरीले भारतको दरभंगाबाट उद्धार गरेर आज बिहान विराटनगर ल्याएको हो । बच्चालाई लिएर जाने अञ्जली साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनले भारतको दरभंगामा आफन्तको घरमा बच्चालाई राखेकी थिइन् । प्रहरीले दरभंगाबाट बालिकालाई सकुशल उद्धार गरेर ल्याएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए ।
‘के कारण बच्चालाई अपहरण गरेको हो भन्ने खुलेको छैन, अहिले बच्चालाई र लैजानेलाई नियन्त्रणमा लिएका अनुसन्धान भइरहेको छ,’ डिएसपी कार्कीले भने, ‘थप अनुसन्धानपछि बच्चा लैजानुको कारण खुल्नेछ । अहिले हामी अनुसन्धानको क्रममा रहेका छौँ ।’
साउन २ गते सोमबार अञ्जली रोडशेष चौकबाट प्रेमी दीपेन्द्रलाई झुक्क्याएर बालिकालाई लिएर फरार भएकी थिइन् । बच्चालाई लिएर जाने अञ्जली दीपेन्द्रको प्रेमिका रहेको खुलेको छ ।पेसाले मेकानिकल इन्जिनियर रहेका यादव तीन वर्षअघि सप्तरी राजविराजकी ममता यादवसँग विवाह भएको थियो ।
छोरी जन्मिएपछि ममता बिबिए पढ्न काठमाडौँ गइन् । एक वर्ष तीन दिनकी छोरीलाई हजुरबुवासँगै छोडेर उनी काठमाडौँ गएकी थिइन् । ममता र उनका श्रीमानबिच निरन्तर संवाद र भेटघाट भइरहेको थियो ।श्रीमती बाहिर गएको बेला यादवले सामाजिक सञ्चालनमार्फत अञ्जली सँग भेट भएको थियो । त्यसपछि उनीहरू नजिकिएका थिए ।
प्रेम सम्बन्धमा बाँधिएका यादव र अञ्जलिबिच निरन्तर भेटघाट हुने गरेको थियो । दुवै जना प्रेममा गाँसिएपछि यादवलाई अञ्जलीले निरन्तर बोलाउने गर्थिन् । भेटघाट बाक्लै हुँदै थियो । यादवले छोरीलाई विराटनगर १२ रोड शेष चौकमा ल्याएर खाजा खुवाउने क्रममा अञ्जलीले औषधी किन्ने बहनामा छोरीलाई लिएर सम्पर्क विहीन भएकी थिइन् । यादवले चिया र चुरोट खान लाग्दा अञ्जलीले यादवको एउटा मोबाइलसमेत लिएर गइन् । ‘साथीहरूलाई फोन गर्नुपर्ने भन्दै’ मोबाइल लिएर अञ्जली गएको यादव परिवारले प्रहरीमा जानकारी गराएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments