
बिराटनगर प्रियंका हत्या प्रकरण : २५ हजार एडभान्स लिएपछि बनेको थियो याेजना : चालकले धाेका दिएपछि खुल्याे पाेल
- फाल्गुन १०, २०७९ मा प्रकाशित
इटहरी । परपुरुषसँगको सम्बन्ध रहेको शंकाकै भरमा श्रीमानबाटै मारिएकी विराटनगर – १९ मिलनचोककी २८ वर्षीया प्रियंका सुनारको हत्यापछि शव व्यवस्थापनसम्मको योजना पहिल्यै बनेको खुलेको छ ।
उनका २९ वर्षीय श्रीमान रमेश साहले दुई हप्ता अगाडि नै हत्याका मुख्य सहयोगीसँग त्यसबारे योजना बनाएको खुलेको हो । प्रियंकाको हत्या गर्न रमेशले मुख्य सहयोगी कटहरी गाउँपालिका – ५ का ६२ वर्षीय रमानन्द रामलाई २५ हजार रुपैयाँ एडभान्स दिएर हत्यापछि शव व्यवस्थापन कसरी गर्नेसम्मको योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
हत्या गरेपछि शवसुनसरीको चतराको जंगलमा लगेर फाल्ने योजना रमेश र रमानन्दले बनाएको घटनाको अनुसन्धान गर्दै आएको मोरङ प्रहरीका डिएसपी रञ्जनकुमार दाहालले बताए । ‘ प्रियंकाको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै हत्या गर्ने योजना रमानन्दलाई रमेशले सुनाएका थिए । योजना अनुसार रमानन्दले थप दुई जना सहयोगी लिएको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी दाहालले भने, ‘हत्या गरेपछि शव व्यवस्थापनको लागि उनीहरुलाई चुनौती थियो । शव व्यवस्थापनको लागि अग्रीम रुपमा रमानन्दले रमेशबाट २५ हजार रुपैयाँ लिएको देखिएको छ ।’
२५ हजार लिएपछि शव व्यवस्थापनको लागि रमानन्दले मारुती भ्यान धनी कटहरी ५ का ३५ वर्षीय उमेश सरदारलाई र विराटनगर ७ का ५३ वर्षीय श्रीराम चौधरीलाई लिए । रमानन्दले मारुती धनी उमेशलाई २ हजार रुपैयाँ इन्धन हाल्नको लागि दिएका थिए । उनीहरुले शव चतराको जंगलमा नभए सप्तकोशीमा फाल्ने योजना बनाएको अनुसन्धान अधिकृत बताउँछन् । ‘प्रियंकाको हत्या गरेपछि बोरामा हालेको शव मारुती भ्यानमा हाल्न उमेशले इन्कार गर्दछन् । त्यसपछि एम्बुलेन्स खोज्न रमानन्द कोशी अस्पतालमा आइतबार राती ११ बजे पुग्दा प्रहरीले उनलाई पक्राउ गरेपछि हत्याको घटना बाहिर आएको हो,’ घटनाको अनुसन्धान गर्दै आएका डिएसपी दाहालले भने ।
हत्या गर्ने मुख्य सहयोगी रमानन्द आपराधिक क्रियाकलपमा संलग्न भएका अभियुक्त भएको कारणले रमेशले उनलाई अपराध कर्मको लागि रोजेका हुन् । रमानन्द डाँका मुद्दामा ४ वर्ष कैद भुक्तान गरेर केही समय अगाडि निस्केका प्रतिवादी हुन् । उनी रमेशको विराटनगर १९ मिलन चोकस्थित सुन पसलमा पनि आउजाउ गर्दै आएका थिए । मदिरा सेवनको लागि रमेशले रमानन्दलाई १÷२ हजार पनि दिने गरेका थिए । ‘अहिले एडभान्स लिएको रकम मात्र भनेका छन्,’ डिएसपी दाहालले भने, ‘थप अनुसन्धानपछि कति पैसाको डिल भएको हो भन्ने बाहिर आउनेछ ।’
घुम्न र धामीकोमा झारफुक गर्न भन्दै रमेशले पत्नी प्रियंकालाई मोटसाइकलमा हालेर आइतबार दिउँसो बुढीगंगा गाउँपालिका २ अमाहीमा लगेका थिए । अमाहीस्थित नरसिंह चौधरीको घरमा पु¥याएपछि प्रियंकाको हत्या भएको थियो । डिएसपी दाहाल नेतृत्वको टोलीले शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार सार्वजानिक विदा भएकोले बुधबार कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने भएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments