
बिराटनगरमा ५ कराेडकाे लगानी सहित‘ग्रिनपार्क निर्माण हुने : मेयर काेइरालाले गरे उदघाटन
- फाल्गुन ४, २०७९ मा प्रकाशित
विराटनगर । विराटनगर महानगरपालिकाले ‘ग्रिनपार्क’ निर्माण गर्ने भएको छ । पाँच करोड बढीमा निर्माण हुन लागेको ‘ग्रिनपार्क’को बुधबार महानगरका मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् । महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको जनाएको छ । तुलनात्मक रूपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेकाले महानगरले उच्च प्राथमिकतामा राखेर विकासका योजनाहरू सञ्चालन गरिरहेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।
विराटनगर–१४ मा पाँच करोडभन्दा बढीको लागतमा निर्माण हुने रानीपोखरी ग्रिनपार्क दुई वर्षभित्रमा निर्माण हुने महानगरले जनाएको छ । विराटनगरलाई सफा, सुन्दर, हरियाली, व्यवस्थित विकसित बनाउने अभियानमा लागेकाले सबैले सहयोग गर्न मेयर कोइरालाले आग्रह गरे । उनले मण्ठापोखरी, विराटराजाको दरबारको भौतिक संरचना निर्माणका लागि ठेक्का प्रक्रियामा गइसकेको समेत बताए ।
‘विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउने अभियानमा लागेका छौं’, मेयर कोइरालाले भने, ‘तुलनात्मक रूपमा दक्षिणी क्षेत्र विकासमा पछि परेको छ । यो कुरा हामीले बुझेका छौं । हामी विकासका लागि दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छौं ।’रानीपोखरी ग्रिनपार्क ५ करोड १७ लाख ६४ हजार ७ सय ८४ रुपैयाँको लागतमा निर्माण हुनेछ । साढे २ बिघा क्षेत्रफल निर्माण हुने ग्रिनपार्कमा कम्पाउण्ड वाल, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, आकर्षक बगैँचा, मन्दिर, रानी माताको मूर्ति, विश्रामस्थल, शौचालयलगायतका संरचना निर्माण हुनेछन् ।
हाल सो ठाउँमा पोखरी रहेको छ । पोखरीलाई यथावत राखेर अन्य संरचना निर्माण गरिनेछ । सो पोखरीमा राजाविराटकी रानी आएर नुहाउने गरेको किवदन्ती छ । र्माणका लागि कला विल्र्डस विराटनगरले ठेक्का पाएको छ । ८ करोड, ३६ लाख ७७ हजार १ सय ६१ रुपैयाँमा लागत अनुमान गरिए पनि कला विल्र्डसले करिब ३ करोडभन्दा कममा ठेक्का पाएको हो ।
महानगर र निर्माण कम्पनी कला विल्र्डसबीच गत माघ १८ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ माघ २९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । सम्भव भएसम्म तोकिएको समय अगाडि नै निर्माण सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनीका प्रमुख सञ्जयकुमार यादवले बताए । यादवका अनुसार कम्पाउण्ड वालबाट काम सुरु हुनेछ । ग्रिनपार्क निर्माणपछि आन्तरिक र सीमावर्ती भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने स्थानीय रतनकृष्ण यादवले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments