
बिराटनगरमा नेता बिरूद्ध जनता सडकमा : वर्षाैदेखि बाटाे नबनाएकाे भन्दै एक दर्जन नेतालाइ गाउ प्रवेश निषेध
- भाद्र ९, २०७९ मा प्रकाशित
विराटनगर । प्रदेश १ राजधानी विराटनगरको एउटा सडक जहाँ नेताहरु हिंड्न रोक लगाइएको छ । विकासमा बिभेद गरेको भन्दै स्थानीयले नेतालाई बहिष्कार अभियान चलाएका कारण त्यो सडक भएर नेताहरु हिँड्न हंड्न रोक लगाएका हुन । विकासमा गरेको विभेद र बेथितिको विरुद्धमा महानगरबासीले नेता बहिष्कार अभियान सञ्चालन गरेका हुन् ।
विराटनगरको बरगाछी पश्चिमको गणेश चोकदेखि केशलिया खोलासम्मको सडकमा स्थानीयले नेतालाई रोक लगाएका छन् । यो सडकलाई स्थानीयले नेता निषेधित क्षेत्र नै घोषणा गरेका छन् । बुधबारदेखि स्थानीयले उक्त सडकमा आवागमनमा रोक लगाएका छन् ।सडकमै ह्युमपाइप राखेर यातायात सञ्चालन अबरोध खडा गरेका छन ।
विराटनगर– ४ र ५ को सिमाना भएर जाने उक्त सडक लामो समयदेखि निर्माणाधीन अबस्थामा छ । केसलिया खोलासम्मको करिब तीन किलोमिटर सडक निर्माणको काम लामो समयदेखि अलपत्र रहेको भन्दै स्थानीयले विरोध गरेका हुन ।सडक बनाउन स्थानीय नेताहरुले समेत पहल नलिएका कारण नेता बहिष्कार अभियान नै सञ्चालन गर्नु परेको स्थानीयको भनाइरहेको छ ।सर्वसाधारणले ब्यानर नै टाँगेर नेता प्रवेशमा रोक लगाइएको जनाउ दिएपछि यो सडकबारे चासो उठे पनि निर्माणको काम भने सुरु भएको छैन ।
हुलाकी राजमार्गअन्र्तगत पर्ने उक्त सडकको कतिपय भाग फराकिलो बनाउने विषयमा विवाद देखिएपछि निर्माण कार्य रोकिएको थियो । स्थानीयले नक्साविपरीत नाला बनाएको भन्दै त्यसलाई सच्याउनु पर्ने माग गरेका थिए ।
‘बर्खामा हिलो र हिउँदामा धुलोका कारण स्थानीयको जनस्वास्थ्यमा समेत नराम्रो असर पुगेको छ । तर, सडकको काम पूरा गराउन कुनै निकायले चासो दिएको देखिँदैन,’ स्थानीय मनोज विक्रम शाहीले गुनासो गरे । सडकको समस्याबारे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको समेत ध्यानाकर्षण गरिएको स्थानीयले बताएका छन् ।
सडकमा परेका खाल्डाखुल्डी र हिलोका कारण दैनिक आवतजावतमा स्थानीयले कठिनाइ बेहोर्नुपरेको छ । विद्यार्थी बोक्ने स्कुल बस, अटो, टिपर, सिटी सफारी, मोटरसाइकल र साइकल जस्ता सवारी साधानमा आउजाउ गर्न पनि निकै कठिनाइ हुने गरेको शाहीले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments