
बिभिन्न घटनामा परी माेरङमा एकै दिन ४ जनाकाे मृत्यु
- जेष्ठ १८, २०७९ मा प्रकाशित
इटहरी । विभिन्न घटनामा परेर मोरङमा एकै दिन मङ्गलबार चार जनाको मृत्यु भएको छ । विराटनगरमा तीन जना र बेलबारीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर र रुखबाट लडेर दुई जनाको मृत्यु भएको हो । अरु दुई जना मृत फेला परेका छन् । मृतक सबै पुरुष हुन् । जसमा दुई जना वृद्ध छन् ।
बेलबारी नगरपालिका–८ का ७४ वर्षीय वृद्ध चन्द्रमान गुरुङको रुखबाट लडेर मृत्यु भएको छ । भाउन्नेको जङ्गलमा बाख्रालाई घाँस काट्न गएका उनी हल्लुडेको रुखबाट लडेर गम्भीर घाइते भएका थिए ।
गुरुङको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा साँझ ६ः२० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाँस काट्न चढेको रुखको हाँगा भाँच्चिएर घटना भएको पाइएको छ ।
यसैबीच, विराटनगर महानगरपालिका–१० मा मोटरसाइकलको ठक्करबाट एक जना वृद्ध पुरुषको मृत्यु भएको छ । को ३९ प ७८९५ नम्बरको मोटरसाइकलको ठक्करबाट विराटनगर–१२ का ८५ वर्षीय मुसा यादवको मङ्गलबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
अघिल्लो दिन दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनालगत्तै फरार रहेका मोटरसाइकल चालकको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, विराटनगर–४ स्थित मोटर ग्यारेजमा काम गर्दै आएका ३५ वर्षीय सुमित दाहाल साँझ मृत फेला परेका छन् । धीरज ठकुरीको ग्यारेजमा काम गर्दै आएका दाहालको शव घोप्टो परेको अवस्थामा फेला परेको हो ।
अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान थालिएको र हालसम्म मृत्युको कारण पत्ता लाग्न नसकेको डिएसपी श्रेष्ठले बताए ।
विराटनगर–१२ आइतबारे नहर चोकनजिक साँझ एक जना पुरुष मृत फेला परेका छन् । पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ । मृतकको पहिचानका लागि आफन्त र परिवारका सदस्यको खोजी सुरु गरेर घटनाको अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments