
बिदेशकाे भिसा त्यागेर गाउँमा सुधार केन्द्र स्थापना : ५ महिनामै २२ जनाले पाए नयाँ जिवन
- पुष २०, २०७९ मा प्रकाशित
इटहरी । झापा चन्द्रगढी घर भएका ३५ वर्षीया रमश नेपाली (नाम परिवर्तन) अहिले समाजमा नयाँ नामले परिचित छन । एक महिना अघी सम्म मात्रै उनलाई गाउका र घरकै मान्छेले पनि गन्दैनथे । लागुऔषध जस्तो खराब कुलतमा फशेको कारण उनलाई समाजले र घर परिवारले रूचाउदैनथीयो । खराब कुलतकै कारण परिवार संग सम्बन्ध चिसिएका नेपालीको अन्तत श्रीमती संग पनि छोडपत्र भयो । घरको जेठो छोरा देखि हार खाइसकेका अभिभावकले उनलाई मोरङको ससुन्दरहरैंचा ३ स्थित आश्रय सुधार केन्द्र राख्ने निर्णय गरे । ३ महिना पछि सुधारगृहबाट घर फर्किएका रमेश अहिले चन्द्रगढीमा कपडा ब्यवसाय गर्दै आएका छन । हिजो सम्म लागुऔषध जस्तो खराब कुलतमा फशेका नेपाली आज सोहि स्थानमा व्यवसायी भएर निस्किएका छन ।
त्यस्तै सुन्दरहरैंचाकै २३ वर्षीय कमल न्यौपाने (नाम परिवर्तन) दुर्व्यस्नीमा फसेपछि परिवारले घरबाटै निकालिदिए । पटक पटक सम्झाउदा पनि नमानेपछि अभिभावक स्वयमले प्रहरीलाई बुझाए १५ दिन प्रहरी थुनुवा कक्षमा बसेर घर फर्केका कमलको बानी ब्यवहारमा कुनै परिवर्तन नदेखिएपछि दिक्क भएर घरबाटै निकाला गरिदिए । मादक पदार्थ सेवन गरेर बाटोमा लडेको देखेपछि आफन्तले सुन्दरहरैंचास्थित आश्रय सुधार केन्द्रमा ल्याएर राखिदिए । करीब २ महिना पछि सुधारगृहबाट निस्किएका कमल अहिले सुन्दरहरेंचाकै एक ग्यारेजमा काम गरेर राम्रो कमाउन थालेका छन । पहिला खराब कुलतमा फस्दा घरपरिवारबाटै निकाला गरिएका कमल अहिले परिवारबाटै माया पाउन थालेका छन । उनको बिहेको तयारी भइरहेको पनि परिवारिक श्रोतबाट बुझिएको छ ।
यि माथीका बिवरण एक सत्य कथामा आधरीत पात्र हुन । खराब कुलतमा लाग्दा समाज र घरपरिवारबाटै बिस्थापित हुदा नर्कीय जिवन जिउन बाध्य भएका दुवै जनाले सुधार केन्द्रबाट नया जिवन पाएपछि हासी खुशी जिन्दगी चलाइरहेका छन । उनीहरू दुवैजनाले आश्रय सुधारकेन्द्र प्रति आभार पनि प्रकट गरेका छन ।
यसैबिच मोरङको सुन्दरहरैंचा ३ स्थित आश्रय सुधार केन्द्रले स्थापनाको पाच महिनामै २२ जनालाई नयाँ जिवन प्रदान गरेको छ । लागुऔषध दुर्ब्यस्नी तथा मादक पदार्थ सेवन गर्दै समाजमा नकरात्मक कृयाकलाप तर्फ उत्साहित भएका युवाहरूलाई त्यस्ता खराब कुलतबाट टाढा राख्न स्थापना गरिएको सो सुधार केन्द्रले ५ महिनामा २२ जनालाइ नयाँ जिवन प्रदान गरेको हाे ।
सुन्दरहरैंचाका युवा सेवक खत्री र मोरङ बेलबारीका सुवास पराजुलीले गत २०७९ साउन पहिलो साता स्थापना गरेकाे आश्रय सुधार केन्द्रमा हाल २६ जना दुर्व्यवस्नीहरू रहदै आएका छन । दुर्व्यसनमा फसेका समूहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने उद्येश्य सहित स्थापना भएको उक्त सुधार केन्द्रले आश्रय लिएकाहरूलाई बिभिन्न पद्धतीबाट उपचार गर्दै आएको छ । सो केन्द्रमा १४ वर्षको बालक देखि ६५ वर्षीय बृद्ध सम्मका रहेका छन ।उनिहरूलाई दैनिक लागुऔषध दुर्व्यवसन बिरूद्ध सचेतना तथा परामर्स प्रदान गरिनुका साथै सातामा दुइ पटक अनिवार्य स्वास्थ्य चेकजाच गर्ने गरिएको सुधार केन्द्रका सञ्चालक सेवक खत्रीले बताए ।
“यहा रहेका दुर्ब्यवस्नीहरूलाई एक थेरापीको माध्यमबाट उपचार गरिन्छ भने अर्को माया अनी स्नेह दिएर पनि उपचार गराइन्छ” सञ्चालक खत्रीले भने । ‘सुधारकेन्द्र भन्नेबिततीकै कुटेर तह लगाउने भन्ने समाजको बुझाइ छ तर यहा त्यस्तो हुदैन’ उनले थपे । उक्त केन्द्रमा मानसिक सन्तुलन ठिक नभएका , चोरी तथा झै झगडा गर्ने प्रवृितीका र लागुऔषध दुर्व्यवस्नीमा फशेकाहरूलाई राखिएको छ ।५ महिनामा केन्द्रबाट २२ जनालाइ बिदाइ गरेको, ति मध्ये १३ जनाले समाजमा नयाँ पहिचान बनाइसकेको सञ्चालक खत्रीको भनाइ छ । केन्द्रबाट बिदा भएर गएपनि केहि हालखबर बुझ्न र नयाँ काम गरेबापत खुशियालीमा लड्डु तथा मिठाइहरू बोकर आउने गरेको देख्दा केन्द्रले राम्रै काम गरेकोमा खुशि हुने सञ्चालक खत्रीले बताए ।
बिगतको दिनहरूमा आफु पनि यस्तै खराब कुलतमा फस्दा घर परिवार र समाजबाट पाएको तिरस्कार अनी बिग्रिएको सम्बन्धबाट धेरै पाठ सिकेको र अबका युवा पिढीहरूलाइ यस्तो कुलतबाट टाढा राख्न अन्य व्यवसाय छाडेर यो सुधार केन्द्रको स्थापना गरेको सञ्चालक सेवक खत्रीले बताए । उक्त केन्द्रले अहिले ५ जनालाइ रोजगार समेत प्रदान गर्दै आएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments