
बिगतमा हारेकाे बदला लिदै मोरङ ६ बाट शेखर कोइराला निर्वाचित
- मंसिर ९, २०७९ मा प्रकाशित
बेलबारी । मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई फराकिलो मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
आज विहान सकिएको मतगणना अनुसार कोइरालाले ३५ हजार २१८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पण्डितले २२ हजार ९३२ मत पाएका छन् । त्यस्तै राप्रपाका गोपाल कटुवालले ८८२९ मत पाएका छन् । मोरङ क्षेत्र नं. ६ मा १ लाख २६ हजार ७१ मतदाता मध्ये ८५ हजार ३७१ मत खसेको थियो । ८० हजार ४१७ मत सदर भएको थियो । ४ हजार ९५४ मत बदर भएको थियो । कोइरालाले १२ हजार २८६ मतअन्तर विजयी हुन सफल भएका छन् ।
२०७४ सालमा कोइराला र पण्डित मोरङ क्षेत्र नं. ६ मा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पण्डितले कोइरालालाई ६७५ मतअन्तरले पराजित गरेका थिए । ५ वर्षपछि प्रतिनिधि सभामा यी दुबै उम्मेदवार प्रतिस्पर्धा गर्दा कोइरालाले २०७४ मा हारको फराकिलो मतअन्तरले बदला लिएका छन् ।
उनी २०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट कांग्रेसको भातृ संगठन नेविसंघको राजनीतिमा आबद्ध भएका थिए । २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रीय राजनीतिमा पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य भए । १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि हाल संस्थापनइत्तर समूहको नेतत्व कोइरालाले गरिरहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments