
बाल यौन दुरुपयोग : मदन राईविरुद्ध दोस्रोपटक म्याद थप
- जेष्ठ ६, २०८० मा प्रकाशित

खाेटाङ । बाल यौन दुरुपयोग आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक मदन राईविरुद्ध दोस्रोपटक म्याद थप गरिएको छ। खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार राईविरुद्ध जिल्ला अदालतबाट शुक्रबार थप ८ दिन म्याद लिइएको हो। यसअघि प्रहरीले गत आइतबार ७ दिनको म्याद पाएको थियो।
‘अनुसन्धान जारी छ’, प्रहरी निरीक्षक कार्कीले शनिबार बिहान भने, ‘प्रमाण जुटाउने काम भइरहेको छ।’शुभम फाउन्डेसनमा ७ वर्ष बसेर पढेकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहारको आरोपमा ७५ वर्षीय राईविरुद्ध गत वैशाख २९ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि त्यही दिन खोटाङ प्रहरीले राईलाई पक्राउ गरेको थियो।
आरोपित राई जिल्ला प्रहरी कार्यालय (खोटाङ) को हिरासतमा छन्। जाहेरी दिने किशोरी भने काठमाडौंमै एक सामाजिक संस्थाको संरक्षणमा छिन्। जाहेरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी छन्।
यसअघि मदनले फाउन्डेसनमा राखिएका बालबालिकालाई लामो समयदेखि यौन दुर्व्यवहार गर्ने गरेको घटना सञ्चारमाध्यममा सार्वजनिक भएको थियो।दिक्तेलस्थित जाल्पा माध्यमिक विद्यालयको सहमति लिएर नौ वर्षअघि मदनले खोलेको उक्त फाउन्डेसनमा होस्टेल बनाएर बालबालिका राख्ने गरिएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments