•  ९ चैत्र २०८१
  •  2:00:39 AM

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु, शिक्षक आन्दोलनबारे के गर्ला निर्णय ?

- बैशाख ९, २०८२ मा प्रकाशित



काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । भर्खरै सुरु भएको बैठकमा शिक्षामन्त्री विद्या भट्टराई उपस्थित छैनन् । उनले प्रधानमन्त्री समक्ष राजीनामा बुझाए पनि स्वीकृत भइसकेको छैन । शिक्षकका मागबारे प्रधानमन्त्रीले फरक मत राख्दै दबाब दिएपछि शिक्षामन्त्रीले राजीनामा दिएको बुझिएको छ ।

शिक्षकसँग सहमति खोज्न शिक्षा मन्त्रालयले तयार गरेको सातबुँदे प्रस्ताव पेश गर्ने बताइएको थियो । प्रधानमन्त्री ओलीले शिक्षकलाई वार्तामा आउन आह्वान समेत गरेका छन् । आजको मन्त्रिपरिषदको वैठकले शिक्षक आन्दोलनका माग सम्वोधन गर्ला कि नगर्ला भन्ने चासोको विषय बनेको छ ।

Comments

सम्बन्धित खवर