
बालिकाको हत्या गरेको आरोपमा २ जना पक्राउ
- चैत्र २४, २०७८ मा प्रकाशित
इटहरीः उदयपुरको बेलका नगरपालिका–६ कि १६ वर्षीया कविता सुनुवारको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका ३ का जितबहादुर ढकालको घरमा बस्दै आएका १९ वर्षीय बिनोद ढकाल र १७ वर्षीया बालिका रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चैत्र २२ गते बिहान बेलका नगरपालिका–३ स्थित यशोदा खोला किनारमा काठको गोलिया नजिक बालिकाको लाश फेला परेको जानकारी प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी निरीक्षक सहितको टोलीले बेलका नगरपालिका–६ का कृष्ण सुनुवारको १६ वर्षीया छोरी कविता सुनुवार भएको सनाखत भएसँगै हत्याको आरोपमा विनोद ढकाल र १७ वर्षीया बालिकालाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा कविता सुनुवार र १७ वर्षीया आरोपित बालिका कोशी जनता माध्यमिक विद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत रहेको र सुनुवारले सानोसानो कुरामा आरोपित बालिकालाई होच्याउने, चिड्याउने गरी आघात पु¥याउने गरेको हुँदा रिसिईवी राखी मार्ने योजना बनाएकोमा चैत्र २२ गते मंगलवार बिहान ४ बजे एसईई तयारी कक्षाको लागि तीनैजना सँगै विद्यालयतर्फ जाँदै गर्दा बाटोमा निजकै दाजु नाता पर्ने विनोद ढकालले लुकाई बोकेको बियरको बोतलले सुनुवारको टाउकोमा प्रहार गरी घाइते बनाएको र ढुङ्गाले समेत प्रहार गरी कर्तव्य गरी मारी मृतकको शवलाई घिसार्दै यशोदा खोला किनारमा रहेको काठको गोलियानजिक शव फालेको खुल्न आएको हो ।
घटनामा आरोपित १७ वर्षीया बालिका र प्रतिवादी विनोद ढकाल समेतलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments