•  ९ चैत्र २०८१
  •  5:52:23 AM

बानेश्वर जाँदै गरेको कार पुलबाट धाेबीखोलामा खस्यो, चालक सकुशल

- पुष २१, २०८१ मा प्रकाशित



काठमाडौँ । काठमाडौँको धोबीखोलास्थित पुलबाट आज (आइतबार) बिहान कार खसेको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अनामनगरबाट बानेश्वर जाँदै गरेको बीएए ८७१४ नम्बरको कारण आज बिहान सवा ६ बजेतिर धाेबीखोलामा खसेको हो।
कार खोलामा खसे पनि चालक ललितपुर महानगरपालिका-१ का ४६ वर्षीय विनितविक्रम सिजापति भने सकुशल रहेको प्रहरीले जनाएको छ।

Comments

सम्बन्धित खवर