•  ९ चैत्र २०८१
  •  8:41:45 PM

बानेश्वरमा विपक्षी दलहरूको बैठक : सरकारमाथी दबाब बढाउन यस्ता कार्यक्रम

- माघ ४, २०८१ मा प्रकाशित



इटहरी । सरकारमाथि दबाब बढाउन विपक्षी ६ दल आज (शुक्रबार) पनि छलफलमा जुटेका छन् । बानेश्वरस्थित संसद भवन परिसरमै विपक्षी दलका नेताको कार्यकक्षमा बैठक शुरू भएको हो । यसअघि पनि विपक्षी दलको बैठकले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै सत्तारुढ दलको विरोध गरेको थियो । बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल सहभागी छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको बैठकमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, रास्वपाबाट कार्यबहाक सभापति डीपी आर्याल र सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र बुद्धिमान तामाङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसाल लगायत उपस्थित छन् । बैठकले छिटो संसद् अधिवेशन डाकेर अलपत्र विधेयकलाई अगाडि बढाउन दबाब दिने तयारी पनि गरेको छ । बैठकपछि ल्होत्से हलमा विपक्षी ६ दलले पत्रकार सम्मेलन गर्दैछन् ।

Comments

सम्बन्धित खवर