
बाढीग्रस्त क्षेत्रमा ढिला पुगेपछि स्पेनका राजालाई नागरिकले कुटेर खेदाए
- कार्तिक १९, २०८१ मा प्रकाशित

एजेन्सी । स्पेनको भ्यालेन्सिया क्षेत्रको अवलोकनमा जाँदा त्यहाँका राजा फिलिपले व्यापक विरोधको सामना गर्नु परेको छ । स्पेनी सञ्चारमाध्यमहरूका अनुसार आइतबार भ्यालेन्सियामा भएको विरोधपछि राजा फिलिप र रानी लेतिजियाले आगामी भ्रमण रद्द समेत गरेका छन् । उनीहरू अर्को बाढी प्रभावित क्षेत्र चिवाको भ्रमणमा जानेवाला थिए ।
चिवा भ्यालेन्सियाबाट करिब ३५ किलोमिटर रहेको छ । भ्यालेन्सियामा विरोध भएपछि प्रहरीले चिवामा कडा सुरक्षा व्यवस्था गरेको थियो । भ्यालेन्सिया भ्रमणका क्रममा सुचना पाेर्टल प्रदर्शनकारीहरूले राजा फिलिपमाथि हिलो छ्याप्ने प्रयाससमेत गरेका थिए । लगत्तै सुरक्षागार्डहरूले छाता ओढाएर राजा फिलिपलाई जोगाएका थिए ।
त्यस्तै प्रधानमन्त्री पेद्रो सान्चेजको भ्यालेन्सिया भ्रमण पनि छोट्याइएको छ । स्पेनिस च्यानल ला सेक्स्टाका अनुसार भ्यालेन्सिया भ्रमणका क्रममा प्रधानमन्त्री सान्चेजको विरोध गर्दै स्थानीय नागरिकले प्रदर्शन गरेका थिए । साथै केही उनीमाथि फोहोर फ्याँक्ने प्रयाससमेत गरेका थिए ।
वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले प्रयास नगरेको भन्दै स्थानीयहरूले विरोध गरेका हुन् । एक स्थानीयको भनाइ उद्धृत गर्दै समाचार संस्था रोयटर्सले लेखेको छ, ‘कृपया, मृत्यु भएकाहरूले अहिले पनि ग्यारेजमै छन् । परिवारहरू आफ्ना आफन्त र साथीभाइको खोजीमा छन् । सुचना पाेर्टल तपाईंहरूले हामीले सहयोग मागे मात्रै आउनुहोला ।’
यसैबीच स्पेनको राष्ट्रिय मौसम विभागले भ्यालेन्सिया र आसपासका क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै चेतावनी जारी गरेको छ । असिनासहितको मुसलधारे भीषण वर्षाका कारण गत मंगलबार दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २ सय नाघिसकेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments