
बाढीको त्रासमा कटारीको तिल्केबासी, भन्छन्, ‘जतिखेर पनि गाउँ बगाउन सक्छ’
- असार १७, २०७९ मा प्रकाशित
उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका- १० को तिल्केको पहाडी क्षेत्रमा बसोबास गर्ने १७ घर स्थानीयवासी अहिले पहिराको उच्च जोखिममा परेका छन् । तिल्केका मनकुमारी कार्की, लिबहादुर थापासहितका स्थानीयवासी भन्छन्, ‘गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परिसक्यो, जतिखेर पनि आफूहरूको गाउँलाई पहिराले बगाउन सक्छ, आफूहरू उच्च जोखिममा छौँ ।’
निरन्तर वर्षाका कारण तिल्केगाउँको माथिल्लो डाँडा क्षेत्रबाट तल गाउँसम्म २०० मिटरभन्दा बढी जमिन भासिँदै गइरहेको र जमिन चिरासमेत पर्न थालेका कारण जतिखेर जुनसुकै बेला पनि पहिराले गाउँ लान सक्ने अवस्था आएको अर्का स्थानीय दुर्गाबहादुर थापा बताउँछन् ।
कटारी नपा-१० का वडाध्यक्ष क्षेत्रहादुर खड्काका अनुसार तिल्के गाउँ पहिराको उच्च जोखिममा परिसकेका कारण अहिले यसको समाधानमा सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । अहिले गाउँलेहरू दिनमा गाउँघरमा रहे पनि रातिको समयमा पहिराले गाउँ जतिखेर पनि बगाउन सक्ने भन्दै रातभरि ननिदाइ रात काट्न बाध्य हुनुपरेको स्थानीय मनकुमारी कार्की बताउँछिन् ।
गाउँ नै पहिरोको उच्च जोखिममा परेपछि समयमै आफूहरूको उद्धार नभए जतिखेर पनि ज्यान र धनमाल खतरामा रहेको तिल्केवासी बताउँछन् । यस विषयमा कटारी नपाका प्रमुख राजेशचन्द्र श्रेष्ठ भन्छन्, ‘तीन-चार वर्षदेखि तिल्के पहिराको जोखिममा पर्दै आएको हो, यसपटकको वर्षाले २०० मिटर क्षेत्र जमिन भासिएर चिरा परेपछि जतिखेर पनि गाउँ पहिराले लाने खतरा बढेको छ, यसका लागि के गर्न सकिन्छ भन्नेबारेमा जिल्ला प्रशासन, प्रदेश सरकारसहित सङ्घीय सरकार गृह मन्त्रालयसहित सम्बन्धित मन्त्रालयहरूको समेत ध्यानाकर्षण गराइकेका छौँ ।’
अब तिल्केवासीलाई तत्काल अन्यत्र स्थापना गर्नका लागि सुरक्षित स्थानतिर सार्नुको विकल्प नभएको र यदि समयमा यसो गर्न नसकिए सिङ्गो गाउँ नै पहिराको चपेटामा पर्ने अवस्था रहेको जनप्रतिनिधि समेत बताउन थालेका छन् । झनै दिनानुदिन वर्षा बढ्दै जान थालेका कारण छिटोभन्दा छिटो आफूहरूको समयमै उद्धार हुनुपर्ने समेत तिल्केवासीले माग गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments