
बाइडेन राष्ट्रपतिको उमेदवारीबाट पछि हटे, कमलालाई समर्थन
- श्रावण ७, २०८१ मा प्रकाशित

वासिंटन । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार आफ्नो उमेदवारीबाट पछि हटेका छन् । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् ।
बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन् । उम्मेदवारीबाट पछि हटेसँगै पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उम्मेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन् । आफ्नो यो निर्णयबारे सार्वजनिक जानकारी दिन यसै हप्ता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बाइडेनले आफ्नो सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
बाइडनले सामाजिक सञ्जालमा लेख्दै आफू राष्ट्रपति पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्न चाहे पनि देश र पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएर पूरा ध्यान बाँकी कार्यकालको जिम्मेवारीमा लगाउने बताए । अमेरिकामा चार महिनापछि राष्ट्रपति पदको चुनाव हुँदैछ ।
आउँदो राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो महिना बाइडेन र ट्रम्पबीच भएको बहसमा बाइडनको प्रदर्शन कमजोर रहेपछि डेमोक्रेटिक नेता बाइडनमाथि उम्मेदवारी फिर्ता लिन पार्टीभित्र दवाब बढेको थियो । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा उपराष्ट्रपति कमला ह्यारिस अघि हुने भए पनि उनले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ । चुनाव आउन चार महिना बाँकी छँदा अब पार्टीले नयाँ छनोटको प्रकृया शुरु गर्नुपर्ने हुन्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments