•  ९ चैत्र २०८१
  •  8:41:53 PM

बहादुर सुरक्षा गार्ड भाटभटेनीबाट पुरस्कृत: पाँच लाख नगद र पाँच ग्रेड बढुवा

- चैत्र १९, २०८१ मा प्रकाशित



इटहरी । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ ।उनलाई आज एक कार्यक्रमबीच ५ लाख १ हजार १ सय ११ नगद रुपैयाँ पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो ।भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरे ।

कार्यक्रममा सो दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ ।अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको छ ।यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार एक सय ११ को चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।

सुरक्षा गार्ड पराजुलीले त्यस दिन लुटपाट गर्नेहरूको एक्लै प्रतिकार गरेका थिए । उनले लुटेराहरूलाई पिटेर लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।पराजुली २२ वर्षदेखि भाटभटेनीमा काम गर्दै आइरहेका छन् ।

Comments

सम्बन्धित खवर