
बसाइँसराई सहरीकरणका लागि डरलाग्दो समस्या हो : मन्त्री झाँक्री
- चैत्र २, २०७८ मा प्रकाशित
बुटवल: सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई सहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छिन् । उनले गाउँबाट सहरतिर बसोबास बढनु सहरीकरणका लागि चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइँसराई एकदमै डरलाग्दो छ ।’
लुम्बिनी प्रदेशको बुटवलमा सहरी नीतिको विषयमा आयोजित कार्यक्रममा उनले पहाडबाट तराईतिर, साना सहरबाट ठूला सहरतिर बसाइँसराईको क्रम बढनु चुनौती रहेको बताइन् ।
बसाइँसराई कम गर्न पनि सहरी नीति आवश्यक रहेकोमा जोड दिँदै उनले यसका लागि नीतिगत रुपमा नै व्यवस्था गर्न लागिएको बताइन् । सरकारका संयन्त्रले ‘एक्लाएक्लै काम गर्छाैं’ भन्ने सोच बदल्न आवश्यक रहेको बताउँदै झाँक्रीले मन्त्रालय नै एक अर्काका विरोधीजस्ता देखिएकाे बतायन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसारको सहरी नीति ल्याउनुपर्ने बताए । उनले देशका सुविधा सम्पन्न क्षेत्रमा जनसंख्या बढिरहेको भन्दै अनुकूलता अनुसार सरकारले नीति परिमार्जन गर्ने र नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments