
बलिउडमा डेब्यु तर साउथमा हिट भएकी अभिनेत्री
- फाल्गुन २६, २०७८ मा प्रकाशित
काठमाडौं: काजल अग्रवाललाई साउथ इन्डियन अभिनेत्री भनेर चिनिन्छ । उनले बलिउडमा सिंघम फिल्ममा अभिनय गरेपछि पहिचान बनाइन् । त्यसअघि उनका साउथ इन्डियन फिल्महरू प्राय प्रदर्शनमा आएका थिए ।
उनले बलिउडमा सिंघमसँगै स्पेसल २६ र दो लाफ्जोकी कहानीलगायतका फिल्ममा काम गरिसकेकी छिन् । उनलाई सुहाउँदो भूमिकामा बलिउडमा अफर भए अभिनय गर्ने बताउँछिन् । उनले बलिउड फिल्ममा काम गर्ने अवसर साउथ फिल्मकै कारण पाएकी हुन् ।
साउथ फिल्मको बढ्दो लोकप्रियतासँगै उनको चर्चा पनि बलिउडसम्म आइपुग्यो । तर, काजलको डेब्यु भने बलिउड फिल्म ‘क्यु हो गया ना’मार्फत भएको थियो । उनी यस फिल्ममा ऐश्वर्या रायको साथीको रुपमा देखिएकी थिइन् । यद्यपि, उनलाई दर्शकले मात्र होइन, फिल्म मेकर्सले पनि नोटिस गरेनन् । जसकारण उनले साउथ इन्डियन फिल्ममार्फत आएको अफरहरूलाई स्वीकार्दै करियर सुरु गरिन् ।
उनलाई अझै पनि दर्शकले साउथबाट बलिउडमा आएकी हिरोइन भनेर चिन्ने गर्छन् । उनले बलिउडमा काम नपाएपछि साउथमा काम सुरु गरेकी थिइन् । साउथमा लोकप्रियता कमाएसँगै उनलाई बलिउडमा काम गर्ने अफर दिए रोहित शेट्टीले । त्यसयता उनी दुवैतीर उत्तिकै व्यस्त छिन । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments