
बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने
- श्रावण १२, २०८१ मा प्रकाशित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ। बर्दिबास –३, गौरीडाँडामा विगत १० वर्षदेखि सर्पदंश उपचार केन्द्र सञ्चालित छ। शुक्रबार सो केन्द्रमा पुगेर बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले आलु आर्थिक वर्षमा सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन्।
यसका लागि चालु आर्थिक वर्षमा बर्दिबास नगरपालिकाले चार लाख रुपियाँ उपलब्ध गराउने उनले बताए। यो सहयोगले बर्दिबास नगर क्षेत्रका १४ वटै वडाबाट भर्ना भएका सर्पदंशका बिरामीको निःशुल्क उपचारमा पर्याप्त हुने दाबी उनले गरे।
बिरामीको चाप बढेर खर्च अपुग भएमा पुनः थप्दै जाने पनि उनले बताए। केन्द्रले सर्पले टोकेका बिरामीको उपचार गर्दा जनही दुई हजार र बिच्छी तथा खजुरोले टोकेर आएका बिरामीसँग एक हजार रुपैयाँ शुल्क लिँदै आएको छ। केन्द्रमा नेपाली सेनाका छ जना जनशक्तिले उपचार सेवा दिँदै आएका छन्। बर्दिबास नगर क्षेत्रका बिरामीले अब त्यो रकम तिर्नु नपर्ने घोषणा मेयर क्षेत्रीले गरेका हुन्।
विसं २०७१ मा स्थानीयको पहलमा स्थापना भएको यो केन्द्रमा अहिलेसम्म सर्पदंशका ३१ हजार बिरामीले उपचार गराइसकेका छन्। गएको आर्थिक वर्षमा केन्द्रमा ८ सय ८४ जना सर्पदंश र १४४ जना बिच्छी र खजुरोले टोकेका बिरामीले उपचार सेवा लिएका छन्।
तीमध्ये बर्दिबास नगरपालिका क्षेत्रका मात्रै विषाक्त सर्पले टोकेका ३२६ जना, शङ्कास्पद अवस्थाका १७८ जना र बिच्छी तथा खजुराले टोकेका ५५ गरी ५५९ जनाको सफल उपचार भएको केन्द्रले जनाएको छ।सर्पले टोकेका बिरामीको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम केन्द्रलाई स्वास्थ्य विभागको इपिडिमियोिलोजी शाखा काठमाडौँले निःशुल्क उपलब्ध गराउँदै आएको छ।
बाँकी ४७ प्रकारका औषधी भने केन्द्र आफैँले किन्नु पर्छ। एन्टीस्नेक भेनबाहेक एउटा सर्पदंशका बिरामीलाई तीनदेखि पाँच हजार रुपियाँसम्मको अन्य औषधी लाग्ने गरेको केन्द्रका स्वास्थ्यकर्मीले बताएका छन्।
केन्द्रमा भारतको सीतामढीसम्मका बिरामीसमेत उपचारको लागि आउने गरेका छन्। त्यसैगरी महोत्तरी, सर्लाही, धनुषा, सिराहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गासम्मका सर्पदंशका बिरामी केन्द्रमा उपचारको लागि आउने गरेका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments