
बर्थडे मनाएर फर्किएकी किशोरीमाथि विराटनगरमा सामूहिक बलात्कार
- भाद्र १९, २०७९ मा प्रकाशित
इटहरी । विराटनगरमा १८ वर्षीय एक जना किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बर्थडे मनाएर घर फर्किएकी किशोरीलाई भदौ १६ गते राती ९ : ४५ बजे विराटनगर १४ नहरमा पाँच जना युवाले सामूहिक बलात्कार गरेको हो ।साथीसँग जन्मदिन मनाएर घर आउँदै गरेकी ती किशोरीलाई पाँच जना युवाले सामूहिक बलात्कार गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ इकराइका २९ वर्षीय सन्तोष मण्डल रहेका छन् । पक्राउ परेका मण्डल सामूहिक बलत्कार गर्ने मध्येका एक हुन् । अन्य थप चार जना फरार छन् । फरारको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ ।बलात्कारको सिकारमा परेकीमा किशोरीले विराटनगरको एक होटेलमा जन्मदिन मनाएर घर फिर्किने क्रममा उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।जन्मदिन मनाएपछि ती किशोरीलाई प्रेमिले घर पु¥याउन मोटरसाइकलमा हालेर लगेका थिए ।
घर पुग्नुभन्दा अगाडी उनीहरू विराटनगर १४ जतुवा अगाडीको नहरमा गफ गरेर बसेका थिए ।प्रेमी र प्रेमिका गफ गरेर बसिरहेका बेला पाँच जनाको समूहले नियन्त्रणमा लिएर युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन (मापसे) गरी राति आएका युवाहरूले केटालाई नियन्त्रणमा लिएछन् । दुई जना केटाले नियन्त्रणमा लिएपछि तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘त्यसपछि उक्त समूहको नियन्त्रणबाट युवा उम्किएर भाग्न सफल भए ।
तर भाग्न खोजे पनि लखेट्दै गएर युवतीलाई भने आफ्नो कब्जामा लिँदै सामूहिक बलात्कार गरेको पाइयो ।’भाग्न सफल भएका युवाले गाउँमा गएर होहल्ला गरे । स्थानीय भेला जम्मा हुन थालेपछि बलात्कारमा संलग्नहरू युवतीलाई छाडेर घटनास्थलबाट फरार बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटबाट युवा र युवतीको टाउको, अनुहार, कुहिना लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।उनीहरूको विराटनगरस्थित कोशी अस्पतालमा उपचार गरिएको छ ।
यस्तै मोरङको जहदा गाउँपालिका ७ मा भदौ १६ गते राती १० बजे ३७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा दुई जना युवालाई पक्राउ गरेको छ । प्रहरीले जहदा ७ का २८ वर्षीय सन्जय सोरेन र २५ वर्षीय राहुल साहलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका दुवै जानलाई मोरङ अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments