
बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
- कार्तिक २, २०८१ मा प्रकाशित

एजेन्सी । बंगलादेशको एक अदालतले बिहीबार निर्वाशित पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। विद्यार्थीहरुको नेतृत्वमा भएको क्रान्ति उत्कर्षमा पुगेपछि हसिना गत अगस्टमा भारत पलायन भएकी थिइन् ।
अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादर र अरु ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । ती व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन । ‘अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र उनलाई नोभेम्बर १८ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ’, बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य सरकारी वकिल इस्लामले पत्रकारहरूसँग भने ।
शेख हसिनाको १५ वर्षे शासनकालमा व्यापक मानवअधिकार उल्लंघनहरू भएका थिए । जसमा उनका राजनीतिक विरोधीहरूको सामूहिक गिरफ्तारी र गैर–न्यायिक हत्या समावेश थियो । इस्लामले भने, ‘शेख हसिना जुलाईदेखि अगस्टसम्म भएका जनसंहार, हत्या र मानवताविरुद्धका अपराधका मुख्य जिम्मेवार हुन् ।’
हसिनाको शासन पतन भएपछि उनका धेरै सहयोगीलाई हिरासतमा लिइएको छ । उनीहरूलाई विरोधका क्रममा ७०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । यी सबैमा उनलाई दोषी ठहर गरिएको छ । हसिनाका पूर्वमन्त्रीहरू र अवामी लिगका वरिष्ठ सदस्यहरू पनि पक्राउ परेका छन् । उनको सरकारले नियुक्त गरेका व्यक्तिहरूलाई अदालत र केन्द्रीय बैंकबाट हटाइएको छ । शेख हसिना भने बंगलादेशबाट हेलिकप्टरमा भागेपछि सार्वजनिक रूपमा देखिएकी छैनन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments