
फ्रान्सेली प्रतिनिधि सभाका सदस्यहरुले प्रधानमन्त्री देउवासँग गरे शिष्टाचार भेट
- फाल्गुन २५, २०७८ मा प्रकाशित
काठमाडौं: फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
भेटमा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको सचिवालयले बताएको छ ।
फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रियोटनको नेतृत्वमा एक टोली मंगलबार काठमाडौं आइपुगेको थियो ।
उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि रहेका छन् ।
नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments