
फ्रान्समा आफ्नै पत्नीलाई परपुरुषबाट बलात्कार गराएको अभियोगमा मुद्दा
- भाद्र १९, २०८१ मा प्रकाशित

एजेन्सी । फ्रान्समा एक व्यक्तिले आफ्नै श्रीमतीलाई बलात्कार गरेको तथा परपुरुषलाई बलात्कार गर्न लगाएको अभियोगमा अदालतमा मुद्दा चलेको छ।७१ वर्षीय डोमिनिक पिलाई एक दशकसम्म आफ्नी श्रीमतीलाई बलात्कार गर्न अनलाइन माध्यमबाट अपरिचित पुरुषलाई आफ्नो घरमा बोलाएको आरोप लागेको हो।
पीडित महिलाका वकिलहरूले उनलाई यति धेरै नशालु पदार्थ खुवाइन्थ्यो कि उनले आफूलाई पटक-पटक भएको यौन उत्पीडनसमेत थाहा नपाएको दाबी गरेका छन्।प्रहरीका अनुसार ती महिलालाई ७२ पुरुषबाट ९२ पटक बलात्कार भएको पाइएको छ। जसमध्ये ५१ अभियुक्तको पहिचान भई मुद्दा दायर गरिएको छ। पीडितका श्रीमानसहित उनीहरूलाई पनि कारबाही गरिने प्रहरीले जनाएको छ।
पीडित महिलाले आफूलाई बलात्कार गरिएको कुरा पहिलोपटक सन् २०२० मा थाहा पाएकी थिइन्। यो जानकारी पनि उनलाई प्रहरीले दिएको थियो।वास्तवमा, सेप्टेम्बर २०२० मा आरोपितलाई एक सपिङ सेन्टरमा तीन महिलाको आपत्तिजनक भिडिओ बनाउँदै गर्दा सुरक्षा गार्डले समातेको थियो।
त्यसपछि प्रहरीले उनको कम्प्युटर जाँच गर्यो। जसमा ती व्यक्तिकी श्रीमती बलात्कारका पनि धेरै भिडिओ र तस्बिर भेटिए। जसमा ती महिला अचेत अवस्थामा देखिएकी थिइन्।यो अपराध घरमै हुने गरेको थियो। जुन सन् २०२० मा सुरु भएको थियो। अभियुक्तले घरमा बोलाउने पुरुषको उमेर २६ देखि ७४ वर्षको बीचमा थियो।
वेबसाइटमा भएका च्याटको अनुसन्धानबाट डोमिनिक पीले अपरिचित पुरुषहरूलाई आफ्नो घरमै बोलाएर आफ्नी पत्नीलाई बलात्कार गर्न लगाएको पाइएको प्रहरीको दाबी छ। तर अहिलेसम्म यसमा पैसाको लेनदेनको प्रमाण भने फेला नपरेको बीबीसीको समाचारमा उल्लेख छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments