
फेब्रुअरीमा हुने निर्वाचनका लागि इमरान खानको उम्मेदवारी अस्वीकृत
- पुष १५, २०८० मा प्रकाशित

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पीटीआईका संस्थापक नेता इमरान खानको उम्मेदवारी अस्वीकृत भएको छ । खानले सन् २०२४ फेब्रुअरी ८ मा हुने चुनावका लागि दुई स्थानबाट उम्मेदवारी दर्ता गराएका थिए । तर, त्यहाँको निर्वाचन आयोग (ईसीपी) ले खानसहित उनका केही सहकर्मीको उम्मेदवारी अस्वीकृत गरेको हो ।
यसले उनको पार्टी पीटीआईलाई ठूलो झड्का लागेको पाकिस्तानी अखबार ‘डन’ ले लेखेको छ । ईसीपीका अधिकारीहरूले पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानको दुई राष्ट्रियसभा सीट (लाहोर एनए–१२२) र मियाँवाली एनए–८९) को लागि उम्मेदवारीपत्र अस्वीकार गरेका हुन् ।
उनको उम्मेदवारी दर्तामा पनि आपत्ति जनाइएको छ । इमरानका प्रस्तावक र समर्थक सम्बन्धित क्षेत्रका थिएनन् । इमरानलाई तोशाखाना मुद्दामा पाँच वर्षका लागि अयोग्य ठहर गरिएको थियो । इमरान खान र उनका पार्टीका वरिष्ठ सहयोगी तथा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी मे ९ को दंगादेखि गिरफ्तारीमा छन् । पाकिस्तानको एक अदालतले मे ९ मा सैन्य प्रतिष्ठानमा भएको आक्रमणसँग सम्बन्धित नयाँ मुद्दामा कुरेशीलाई डिसेम्बर २८ मा १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो ।
कुरेशीको दुई मुलतान सिट र थारपार्कर सीटबाट गरिएको उम्मेदवारी दर्ता पनि अस्वीकार गरिएको छ । पूर्व संघीयमन्त्री तथा पीटीआई नेता हम्माद अजहरको उम्मेदवारी पत्र पनि अस्वीकृत भएको छ । अस्वीकृत हुने अन्य नेतामा मुराद सईद, साहिबजादा सिगेबुल्लाह, डा. अमजद खान, फजल हकिम खान, मियाँ शराफत र सलीम उर रहमान छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments