
फुङ्लिङ बजार आइएमइ लुटपाट प्रकरण : एक जना पक्राउ : लुटेरा खाेज्न जंगल पस्याे प्रहरी
- आश्विन २०, २०७९ मा प्रकाशित
ताप्लेजुङ । सोमबार बिहान ताप्लेजुङको फुङलिङ बजारमा रहेको आईएमई लुटपाटका फरार लुटेरालाई खोज्न प्रहरीले रातभर सर्च एण्ड स्वीप अपरेसन चलाएको छ । लुटपाटमा संलग्न तीन फरार लुटेराको खोजीका लागि प्रहरीले ताप्लेजुङ र इलाममा सर्च एण्ड स्वीप अपरेसन चलाएको हो ।
प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरीका अनुसार प्रहरीको तीनवटा टोली रातभर दुई जिल्लाका जङ्गलमा सर्च अपरेसनका लागि खटिएको छ । लुटेराहरू जङ्गल पसेको हुनसक्ने अनुमानका आधारमा दुई जिल्लाका प्रहरी लुटेराको खोजीमा जङ्गल चहारेका हुन् ।
चारजनाको समूहमा आएका लुटेराहरूले सोमबार बिहान फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर नामक आईएमई सेन्टरबाट नगद र सुन लुटपाट गरेका थिए । लुटपाटमा संलग्नमध्ये एकजनालाई सोमबार दिउँसो फुङलिङ नजिकैको जङ्गलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले जङ्गलमा अपरेसन चलाउँदा दुईपटक उनी लुक्न सफल भएका थिए । तर लुटेरा जङ्गल पसेको देखेका स्थानीयको सूचनाको आधारमा प्रहरीले सोही जङ्गलमा तेस्रो पटक सर्च अपरेसन चलाउँदा बुट्यानको मुनी सुतेर लुकिरहेको अवस्थामा प्रहरीले ती लुटेरालाई पक्राउ गरेको थियो ।

प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरीका अनुसार प्रहरीको तीनवटा टोलीले सोमबार रातभर जङ्गलमा सर्च अपरेसन चलाएको छ । त्यसैगरी लुटेराहरू भागेको सम्भावित क्षेत्रमा स्वीप अपरेसन जारी रहेको छ । लुटेराहरू नाका पार गर्न नपायोस् भनेर ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ । यद्यपि लुटेराहरू जङ्गल छिरेको प्रहरीको अनुमान छ ।
सुनको कारोबार गर्ने अनुमति समेत लिएको कञ्चन मनी ट्रान्सफरमा दुईवटा भल्टमा ३९१ थान सुनका गहना जाकटी (धरौटी) राखिएको थियो । करिब ३ सय जनाले सुन जाकटी (सुन धरौटी राखी केही रकम ब्याजमा लिने) राखी नगद लगेका थिए ।
जाकटीको सुन राखिएको दुईवटा भल्टमध्ये एउटा भल्टबाट मात्रै लुटेराले सुन लुटपाट गरेका थिए । आईएमईका कर्मचारीका अनुसार जाकटीका रूपमा ३९१ थान सुन राखेको पाइएको छ । जसमध्ये १२८ थान सुन एउटा भल्टमा सुरक्षित पाइएको छ भने १३० थान सुन पक्राउ परेका एक लुटेराको साथबाट फेला परेको छ । रेकर्डमा देखिए अनुसार अझै १३३ थान सुनका गहना फेला परेका छैनन् । पक्राउ परेका लुटेराबाट बरामद भएको सुनको तौल एक किलो ६ सय ८५ ग्राम रहेको छ ।
पक्राउ परेका व्यक्तिबाट ६ लाख १४ हजार १२० रुपैयाँ नगद समेत बरामद गरिएको छ । यद्यपि आईएमईले भने ११ लाख ५० हजार रुपैयाँ लुटपाट भएको दाबी गरेको छ ।
चारजनाको समूहका आएका लुटेरामध्ये सुरुमा दुई लुटेरा आईएमई पुगेर कर्मचारीसँग केही कुरा गरेको देखिन्छ । त्यसपछि अन्य दुईजना लुटेरा सोझै कर्मचारी भएको स्थानमा पुगेर कर्मचारीलाई नियन्त्रणमा लिएको देखिन्छ । लुटपाटमा संलग्न लुटेरामध्ये एक लुटेराले मात्रै झोला बोकेको सिसिटिभी फुटेजमा देखिएको छ । प्रहरीले उक्त झोलासहित लुटपाटमा संलग्न एक लुटेरालाई पक्राउ गरेको छ । यद्यपि आईएमईले दाबी गरेअनुसारको नगद र सुन पक्राउ परेका व्यक्तिबाट बरामद हुन सकेको छैन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments