
फिलिपिन्समा बाढीः मृत्यु हुने ६७ पुगे, अझै १५० बेपत्ता
- बैशाख १, २०७९ मा प्रकाशित
मनिला: फिलिपिन्समा यसै साता आँधीपछि आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । शक्तिशाली मेगी आँधीपछि आएको बाढीपहिरोमा अझै केही हराइरहेका छन् । बाढीपहिरोबाट मध्यप्रान्त लेयते सबैभन्दा बढी प्रभावित छ ।
माटो र पानीको बहावले घरहरू जलमग्न छन् । अबुयोग नगरपालिकाको तटीय गाउँ पिलारमा १३ जनाको मृत्यु भएको र अझै १५० जना बेपत्ता भएको अबुयोगका मेयर लेमुएल ट्रायाले बताएका छन् ।
पहिरोले सडक बगाएपछि २५० जनालाई डुंगाबाट उद्धार गरिएको उनले जानाकारी दिए । बाढी प्रभावित बेबे शहरमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । त्यस्तै २७ जना अझै बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
ठूलो संख्यामा मानिसहरू बेपत्ता भएकाले मेगीबाट मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । अबुयोगका प्रहरी प्रमुख क्याप्टेन जेम्स मार्क रुइजले पिलारमा पीडितका लागि थप डुङ्गाको आवश्यकता रहेको बताए ।
ब्यूरो अफ फायर प्रोटेक्सनले फेसबुकमा पोस्ट गरेका तस्विरमा भवनहरु भत्किएको र केही पानीमा डुबेको देख्न सकिन्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments