
फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा कम्तीमा २५ जनाको मृत्यु
- चैत्र २९, २०७८ मा प्रकाशित
मनिला: फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ । ६५ किलोमिटर प्रतिघन्टाको वेगमा आएको र स्थानीय रूपमा अगाटनसमेत भनिने मेगी आँधीबाट पूर्वी तट प्रभावित छ । बाढीपहिरोमा केही घाइते भएका छन् । शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस आश्रयका लागि उच्च क्षेत्रमा भागेका थिए ।
मंगलबार उद्दारकर्ताका टोलीहरू अझै पनि पूर्वी र दक्षिणी तटहरूमा बिचल्लीमा परेका मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् ।
भीषण वर्षा र हावाले विद्युत आपूर्ति अवरोध गर्नुका साथै घर तथा मैदान जलमग्न बनाएको थियो । बाढीका कारण गाउँमा पहिरो गएको थियो । उद्धारकर्ताहरू हिलोको दलदलमा हिंडिरहेको र जलमग्न घरहरू भएको क्षेत्रहरूमा पुग्न प्रयास गरिरहेको तस्बिर सामाजिक सञ्जालरूमा सेयर गरिएका छन् ।
बाढीपहिरोबाट लियती प्रान्त सबैभन्दा बढी प्रभावित छ । सो प्रान्तमा अहिलेसम्म २२ शव फेला परेको प्राप्त विवरणहरूमा जनाइएको छ । ‘म रोइरहेको थिए, किनकी नजिकै मानिसहरू पुरिएका थिए’, लियतीका एक स्थानीयले भने ।
आँधीपछिको बाढीपहिरोबाट दक्षिणी तटकाे डाभाओ क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायले जनाएको छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments