
फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै
- मंसिर २७, २०७९ मा प्रकाशित
एजेन्सी । विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा शुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै क्रोएसिया लगातार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ ।
सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो । यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको थियो । त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ । दुई पटकको विश्व विजेत बनेको अर्जेन्टिना तेस्रो उपाधि नजिक पुग्ने योजनामा हुनेछ । अर्जेन्टिनाले सन् १९७८ र १९९६ को विश्वकप जितेको थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पनि अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् । मेस्सीका लागि यो विश्वकप अन्तिम मौका हुनेछ । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने योजना बनाएका मेस्सीले यो विश्वकप उपाधि जित्दै अन्तिम विश्वकपका रुपमा लिने योजना बनाएका छन् ।यता क्रोएसिया पनि अघिल्लो संस्कणमा गुमको उपाधि यो पटक भने आफ्नो बनाउने योजनामा छ । क्रोएसियाका कप्तान लुका मोड्रिच पनि आफ्नो अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments