
फलोअर्स बढाउन श्रीमानले आफ्नै श्रीमती नुहाएकाे भिडियाे फेशबुकमा अपलाेड गरेपछि …
- भाद्र १९, २०७९ मा प्रकाशित
एक व्यक्तिले श्रीमती नुहाउँदै गरेको भिडियो खिचेर लिक गरेका छन् ।भारत, उत्तर प्रदेशको फिरोजाबादमा एक व्यक्तिले आफ्नी श्रीमती नुहाउँदै गरेको भिडियो बनाएर फेसबुकमा अपलोड गरेका हुन् । फेसबुकमा फलोअर्स बढाउन उनले यस्तो खुलेको छ । जब यो कुरा श्रीमतीलाई थाहा भयो, उनले प्रहरी चौकीमा उजुरी दिइन् । आजतकका अनुसार यो घटना फिरोजाबादको जसराना थाना क्षेत्रको हो ।
त्यहाँ बस्ने एक व्यक्तिले करिब एक महिनाअघि आफ्नी श्रीमती नुहाउँदै गरेको समयमा भिडियो बनाएका थिए ।त्यसपछि फेसबुकमा राखे । श्रीमतीको उजुरीको आधारमा जसराना प्रहरीले पति विरुद्ध आईटी ऐनको धारा ६७ अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ । उजुरीपछि उनले फेसबुकबाट भिडियो डिलिट गरेका थिए । तर, त्यतिबेलासम्म भिडियो भाइरल भैसकेको थियो ।
दुबैले प्रेम विवाह गरेका थिए
पीडितले प्रहरीलाई बताए अनुसार उनका श्रीमान् दिल्लीको उत्तम नगरमा बस्छन् । उनी सर्कसमा काम गर्छन् र प्रायस् फेसबुकसहितका सामाजिक सञ्जाल प्लेटफर्ममा सक्रिय हुन्छन् । श्रीमती हाल कासगञ्जमा आमासँग बस्छिन्, दुवैले प्रेम विवाह गरेका थिए । उनीहरुको विवाहले ३ वर्ष नाघिसकेको छ ।
दिल्लीमा बसेर भिडियो बनाए
महिलाका अनुसार श्रीमानले करिब एक महिनाअघि भिडियो कल गरेका थिए, भिडियो कलको समयमा श्रीमती नुहाउन जाँदै थिए ।नुहाउने क्रममा उनीहरुबीच भिडियो कलिङमा कुरा भयो । त्यसबेला श्रीमानले मोबाइलबाट भिडियो रेकर्ड गरेको श्रीमतीको आरोप छ । त्यसपछि महिलाको पूरा भिडियो ती व्यक्तिको फेसबुक खातामा अपलोड भयो ।
जानकारी अनुसार यो भिडियो फेसबुकमा अपलोड हुनासाथ अचानक उनका फलोअर्सको संख्या बढ्न थाल्यो । श्रीमतीले पहिले श्रीमानलाई फोन गरेर भिडियो हटाउन अनुरोध गरेकी थिइन् ।तर पतिले फेसबुकबाट भिडियो हटाउन मानेनन्, अनि प्रहरी चौकीमा उजुरी गर्न पुगेकी हुन् । सोही उजुरीका आधारमा प्रहरीले आवश्यक कारबाही अगाडि बढायो ।
श्रीमानको फेसबुक बन्द
फिरोजाबाद देहातका प्रहरी उपरीक्षक रणविजय सिंहका अनुसार महिलाको उजुरीपछि अब दुवै पक्षलाई बोलाएर बयान लिइनेछ । त्यसपछि थप कारबाही हुनेछ । प्रहरीका अनुसार श्रीमानको फेसबुक खाता उजुरीपछि बन्द भयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments