
प्रेस चाैतारी सुनसरीकाे आठौं अधिवेशन : अग्रज र सक्रीय पत्रकारहरूलाई सम्मान देखि नयाँ कार्य समिती चयन सम्म
- माघ १८, २०८१ मा प्रकाशित

इटहरी । प्रेस चाैतारी नेपाल सुनसरीको अाठाै जिल्ला अधिवेशन इटहरीमा विविध कार्यक्रम सहित सम्पन्न भएको छ । चाैतरी सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले लामो समयदेखि सङ्गठनमा रही पत्रकारिताको माध्यमबाट पुर्याएकाे याेग्दानकाे मूल्याङ्कन गर्दै अग्रज पत्रकार कृष्ण विनोद लम्साल , किशोर कुमार कार्की , भीम राई ज्वाला , देवेन्द्र कार्की ,लीलाराज भट्टराई , भोजराज श्रेष्ठ, सन्तोष काफ्ले लगायतलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रेस चाैतारी नेपाल सुनसरीले स्थापना गरेको उदयमान पत्रकारिता पुरस्कारबाट विराट टेलिभिजनकी समाचार वाचीका सिर्जना ठाकुर , चौतारीकी अध्यक्ष सुभद्रा प्याकुरेलद्वारा स्थापित काैशीला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट धरान कृती टेलिभिजनका वसन्त बान्तवा , अमर फाउन्डेसनद्वारा स्थापना गरिएको अमर स्मृति पत्रकारिता पुरस्कारबाट मोरङका विक्रम लुइँटेललाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
अधिवेशनमा उपस्थित वक्ताहरूले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका समस्या , चुनौती र समाधान हुनुपर्ने विषयहरूमा चर्चा र वक्तव्य दिएका थिए । प्रेस चाैतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा काेशी प्रदेशका पूर्व मुख्य मन्त्री शेरधन राई , काेशी सरकारका कानुन मन्त्री रेवती रमण भण्डारी , सङ्घीय सरकारका पूर्व मन्त्री भानुभक्त ढकाल ,लक्षमण तिवारी , प्रेस चाैतारी काेशी अध्यक्ष अविजाल विष्ट , एमाले प्रचार प्रसार समिति संयोजक भीम राई ज्वाला , नेपाल पत्रकार महासङ्घ काेशी प्रदेश अध्यक्ष भरत खडका लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसै बिच प्रेस चाैतारी सुनसरीको ८ औ अधिवेशनले विकाश चाम्लिङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्ष ,विकल पौडेल , सीमा बस्नेत, सचिव सुदिप पोख्रेल ,सह सचिव लक्षमण कटवाल ,समावेशी सह सचिव तर्फ सुमित्रा राई ( सञ्जु ) कोषाध्यक्ष रोशन दाहाल सर्व सम्मत चयन भएका छन् ।
त्यस्तै सदयहरूमा जीवन विष्ट निर्मला पाेडेल , मौसमी कार्की , रुद्रराज शर्मा जमरकट्टेल , मित्र क्षेत्री , राजन घिमिरे , सचिन राई ,आदेश गौतम , रूपक पराजुली ,सनम तामाङ र बिकी श्रेष्ठ चयन भएका छन् । अधिवेशनको बन्द सत्रले केन्द्रीय पार्षदमा अग्रज पत्रकारहरू शशी कोइराला , प्रेम बास्तोला , भोजराज श्रेष्ठ,सुभद्रा प्याकुरेल , हिमाल दाहाल , कृष्ण बहाव , केशव प्रसाद भट्टराईलाई चयन गरेको छ । त्यस्तै भेलाले प्रदेश पार्षदमा शैलेन्द्र चौधरी , भोला श्रेष्ठ , रेवती निरौला , शिशिर दाहाल , बाबुराम खडका , रूमा रिजाल र यशोदा सेनेलाई चयन गरेको छ ।
अधिवेशनमा कसले के बोले
कार्यक्रमका विशिष्ट अतिथि काेशी प्रदेशका पूर्व मुख्य मन्त्री शेरधन राईले नेकपा एमाले अहिले मिसन ८४ को अभियानमा होमिएकोले जनताको सानो भन्दा सानो गुनासो सुन्ने काममा स्थानीय देखि केन्द्रीय स्तरका नेता कार्यकर्ताहरू लागिरहेको बताए । अबको निर्वाचनमा एमाले देशको नेतृत्व गर्न सक्ने एक्लो ठुलो पार्टी बन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।
पूर्व मुख्यमन्त्री राईले मुलुक परिवर्तनकालागि गरिएका अान्दाेलनहरूमा सञ्चार जगतकाे ठुलो याेग्दान रहेको जसमा प्रेस चौतारीको भूमिका अब्बल र निर्णायक रहेको उल्लेख गरे । त्यस्तै पूर्व मन्त्री लक्षमण तिवारीले सञ्चार क्षेत्र बिना मुलुकको विकास असम्भव रहेकोले यसको संरक्षण र प्रवर्द्धन तर्फ स्थानीय , प्रदेश र सङ्घीय सरकार लागि पर्नुपर्ने बताए ।
त्यस्तै पूर्व मन्त्री भानुभक्त ढकालले पार्टीगत रूपमा एमालेको भातृ सङ्गठन मानिए पनि प्रेस चौतारीले पार्टी भन्दा माथि उठेर जनताको आवाजलाई थप बलियो बनाइ सरकार झकझकाउने काममा अग्रसर देखिएको बताए । उनले एमालेको राजनीति सिद्ध्याउन पार्टी भित्रैका मान्छेहरू सकृिय भएर लागे पनि त्यति सजिलै एमालेलाई हराउन नसकिने उल्लेख गरे ।
त्यस्तै काेशी सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सञ्चार जगतमा प्रेस चौतारीले समाज परिवर्तन मात्र नभई मुलुक परिवर्तनका निमित्त गरिएको विभिन्न अान्दाेलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरे । काेशी सरकारले चाडै नै सञ्चार विधेयक ल्याउने भएकाले सो विधेयकमाथि व्यापक छलफल गर्न भेला गराइने पनि बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पार्टीको नीति निर्देशन अनुसार चौतारीमा आबद्ध सदस्यहरूले काम गरेको प्रति खुसी व्यक्त गरे । सुनसरीमा महिलाले नेतृत्व गरेको चौतारीले काम कर्तव्यको पनि खुलेरै प्रशंसा गरे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments