
प्रेस चाैतारीकाे अध्यक्षमा बस्नेत
- फाल्गुन २९, २०७८ मा प्रकाशित
पोखरा: नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै रोजाईमा बस्नेत फेरि अध्यक्ष बनेका हुन् ।
ओलीले उद्घाटन समारोहमै बस्नेतलाई दोहोर्याउने संकेत गरेका थिए । ‘अहिलेको कमिटीले राम्रोसँग काम गर्न पाएको छैन । त्यसका धेरै कारण छन्,’ ओलीले भनेका थिए, ‘यहाँबाट साथीहरुले एकताको सन्देश दिनुहुनेछ । मिलेर कमिटी बनाउनुहोला ।’ उनले बस्नेत रुचाएपछि चौतारीका इन्चार्ज तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै जिल्लाका पाण्डेलाई सहमत गराए । धेरैले गुरुङको समर्थन पाण्डेलाई हुने र पोखरा महाधिवेसनबाट पाण्डे नै अध्यक्ष हुने आँकलन गरेका थिए ।
प्रतिनिधिसमेत निर्वाचनबाटै भए पनि नेतृत्व फेर्ने पक्षमा थिए । तर, मतदाताको मनोभावना विपरित टिका लगाएर नेतृत्व टुंग्याइएको छ । उनीसहित पदाधिकारीको टुंगो लागेको निर्वाचन कमिटीले जनाएको छ ।
उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । राति अबेर गरी पदाधिकारीको टुंगो लागेको हो । निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारी दर्तासहित राति ११ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनुपर्ने हो । तर उम्मेद्वारी दर्ता नै नभई पदाधिकारी टुंगो लगाइएको असन्तुष्टहरुले बताए ।
संगठनका नेता समेत रहेका माधव प्रसाद तिवारीले मनोनयन दिन नपाएको भन्दै संगठनबाट निस्कृय रहने घोषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेखेर अध्यक्ष मण्डलमा पनि सहमति नभई अध्यक्षले आफ्नो टीम घोषणा गरेको भन्दै आपत्ति जनाए ।
घोषित कमिटीको महासचिव हिरामान लामा बनेका छन् । उपमहासचिव राजु सुवेदी र शुरोजजंग पाण्डे छानिए । नयाँ विधानले सचिव प्रदेशबाट छानिने व्यवस्था छ । प्रदेश १ को सचिवमा विक्रम लुईंटेल, मधेश प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदुरपश्चिम प्रदेशबाट लोकसरी कुँवर सचिव बने ।
प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् । अध्यक्षमा चार जनाको दावी थियो । माधव नेपाल, गणेश पाण्डे र टिका विष्ट सहित बस्नेतले दावी गरेका थिए । पाण्डे उपाध्यक्षमा बस्न राजी भए भने नेपाल र विष्ट अध्यक्षकै दौडबाट बाहिरिएका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments