
प्रेमी भेट्न चिनियाँ महिला पुगिन् पाकिस्तान, प्रहरीले दियो सुरक्षा
- श्रावण १२, २०८० मा प्रकाशित

एजेन्सी । आजकल सीमापार प्रेम कथाहरू चर्चामा छन् । पाकिस्तानी सीमा हैदर र भारतीय अन्जुको चर्चा परिचर्चा भईरहेको बेला एक चिनियाँ महिलाको प्रेम कथा बाहिर आएको छ । पाकिस्तानी प्रहरीले बिहीबार एक चिनियाँ महिला आफ्नो प्रेमीलाई भेट्न खैबर पख्तुनख्वा प्रान्त पुगेकी बताएको छ । उनीहरूको सामाजिक सञ्जालमा भएको मित्रता प्रेममा परिणत भएको थियो ।
चिनियाँ महिलाको नाम सुन गाओ फेङ भनिएको छ, जो २१ वर्षकी छिन् र यी महिलाको प्रेमीको नाम जावेद हो । यी दुई प्रेमीहरूको विशेष कुरा के छ भने भरत अन्जुको फेसबुक प्रेमी खैबर पख्तुनख्वाको अपर दिर जिल्लामा बस्छन् र यी चिनियाँ महिलाको प्रेमी तल्लो दिर जिल्लामा बस्छन् ।
मिडिया रिपोर्टका अनुसार चीनका गाओ फेङ तीन महिनाको पर्यटक भिसामा चीनबाट गिलगिट हुँदै सडक मार्गबाट बुधबार इस्लामाबाद पुगेकी थिइन् । प्रहरीका अनुसार जावेद मूल रूपमा खैबर पख्तुनख्वाको आदिवासी बाहुल्य क्षेत्रमा पर्ने बाजौर जिल्लाका बासिन्दा हुन् । अफगानिस्तानसँग सीमा जोडिएको बाजौर जिल्लाको सुरक्षा अवस्थाका कारण जावेदले ती महिलालाई गृह नगरको सट्टा तल्लो दिर जिल्लाको समरबाग तहसीलमा रहेको आफ्नो मामाको घरमा लगेका थिए ।
प्रहरीले ती महिलाको यात्रा कागजात सही रहेको र जावेदसँग विवाह नगरेको बताएको छ । यद्यपि केही मिडिया रिपोर्टमा चिनियाँ महिलाले इस्लाम धर्म स्वीकार गरेको बताइएको छ । तल्लो दिरका जिल्ला प्रहरी अधिकारीले चिनियाँ महिलालाई सुरक्षा प्रदान गरिएको र सुरक्षाको चिन्ताका कारण उनको आवतजावतमा प्रतिबन्ध लगाइएको बताए । जावेद र फ्याङले सामाजिक सञ्जाल एप स्न्यापच्याटमा भेटे र तीन वर्षसम्म सम्पर्कमा रहे पछि उनीहरू गहिरो प्रेममा परेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments