
प्रेमी भेट्न ज्यानकै बाजी लगाउने यी युवती काे हुन ? घडियाल हुने नदीमा पौडेरै बंगलादेशबाट भारत आइन् यी युवती
- जेष्ठ २१, २०७९ मा प्रकाशित
भनिन्छ प्रेमको कुनै सीमा हुँदैन। बंगलादेशकी एक युवतीले यो भनाइलाई चरितार्थ पारेकी छिन्।बंगलादेशकी युवती वन्यजन्तुले भरिएको जंगल र घडियाल बस्ने नदी पार गरेर भारतको कोलकाता आइपुगेकी हुन्।
मंगलबार कोलकाताबाट प्रहरीले युवतीलाई अवैधरुपमा भारत प्रवेश गरेको आरोपमा पक्राउ गरेको हो।युवतीका अनुसार उनी बंगलादेशको वन्यजन्तुको भय हुने सुन्दरवन जंगल पार गरेर घडियालहरु रहने नदीमा एक घण्टा पौडेर भारत आइपुगेकी हुन्। त्यहाँबाट उनी सडकमार्ग हुँदै कोलकाता आइपुगेकी थिइन्।
कोलकाता आएर उनले आफ्ना प्रेमीसँग भेट्नुका साथै विवाह पनि गरेकी थिइन्। भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तीन पक्राउ पर्नुभन्दा तीनदिनअघि नै युवतीले आफ्ना प्रेमीसँग विवाह गरेकी थिइन्।
समाचारमा उल्लेख गरिएअनुसार युवतीको नाम कृष्णा मण्डल हो। उनी बंगलादेशको सतखीरा जिल्लाबाट भारत आएकी हुन्। स्रोतका अनुसार मानवीय सम्बन्धको आधारमा उनलाई बंगलादेश फिर्ता पठाइनेछ।
प्रहरीका अनुसार युवतीको कोलकाताको नरेन्द्रपुरका अभिक मण्डलसँग फेसबकुमार्फत चिनजान भएको थियो। पछि उनीहरुबीच प्रेम बसेको थियो।प्रहरीका अनुसार कृष्णा मण्डलसँग कुनै पास कार्ड वा भिसा थिएन। त्यसैले उनले भारत प्रवेशको लागि खतरानक मार्ग अपनाएकी हुन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments