
प्रहरीकाे स्ट्रिङ अप्रेसन : कपडा तस्करीलाइ पछ्याउदा ६१ केजी गाँजा भेटीयाे
- श्रावण १९, २०७९ मा प्रकाशित
इटहरी । विराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट प्रहरीले ६१ केजी गाँजा बरामद गरेको छ । बुधवार दिउँसो ११ बजे को २ ह ४६१० नम्बरको सिटीमा तीन वटा बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
प्रहरीले सिटी र गाँजा बरामद गरे पनि सवारी चालकलाई पक्राउ गर्न सकेको छैन । चालक फरार रहेकोले खोजी कार्य तीव्र बनाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । बरामद गरेको गाँजा विराटनगरको १४ जतुवा हुँदै भारत तस्करी हुन लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
भारतबाट तस्करी भएर आएको कपडा विराटनगरस्थित कोशी कोभिड अस्पतालबाट जतुवातर्फ जानेबाटोबाट तस्करी हुन लागेको प्रहरीलाई सूचना आएको थियो । ‘सिटीमा लोड गरेको तीन वटा सेतो बोरा रहेको थियो । सूचना दिने व्यक्तिले कपडा तस्करी भएर आएकोले त्यो सिटी रोक्यो ।
सिटीबाट उत्रेर चालक फरार भए । त्यसपछि सूचना दिनेले प्रहरीलाई खबर गरेर बोलायो । इप्रका रानीबाट खटिएको प्रहरी टोलीले बोरा खोलेर हेर्दा गाँजा रहेछ,’ स्रोतले भन्यो, ‘त्यसपछि प्रहरीले बरामद गरेर इप्रका रानी विराटनगरमा लिएर गएको थियो ।’ अहिले फरार भएको चालक खोज्न प्रहरी लागि परेको छ ।प्रहरीले अहिले सिटीमा गाँजा बोकेर ल्याउने चालकलाई पक्राउ गरी गाँजाको तस्करी गर्ने गिरोहको खोजी कार्य तीव्र बनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments