
प्रसाई र मिश्रबारे अदालतले भन्यो–थप प्रमाण संकलन बाँकी नरहे तारेखमा छाड्नू
- बैशाख ११, २०८२ मा प्रकाशित

इटहरी । काठमाडौंको तीनकुनेमा चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई स्वास्थ्य उपचार गर्ने प्रबन्ध गर्न अदालतले आदेश दिएको छ। उनीहरूलाई थप २० दिन हिरासतमा राख्न म्याद थप गरिदिन भन्दै जिल्ला अदालत, काठमाडौं पुगेको प्रहरीलाई अदालतले मिश्र र प्रसाईंको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश दिएको हो ।
उनीहरुको हाजिरी जमानीमा छाडी पाउँ भन्दै निवेदनलाई समेत आधार बनाउँदै अदालतले थप तीन दिन मात्र हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपको माग गर्दा प्रहरीले जाहेरी लिने र क्षतिको विवरण संकलन गर्ने काम बाँकी रहेको भनेको छ । जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले प्रहरीलाई अर्को पटक म्याद थपका लागि आउँदा कुन–कुन प्रमाण संकलन गर्न बाँकी छ भन्ने विवरण समेत दिन आदेश गरेका छन् ।
अदालतले भने ‘मिश्र समेतको बयान कार्य सम्पन्न भइसकेकोमा के कुन कागज प्रमाण संकलन गर्न बाँकी रहेकाले थप म्याद माग गर्नु परेको हो भन्ने कुरा म्याद थप पत्रमा निश्चयात्मक रुपमा उल्लेख गर्न सकेको नदेखिएको’ भनेको छ। यस्तो अवस्थामा थप गरिएको ३ दिन म्यादमा बयान लिन बाँकीको बयान लिने र प्रतिवेदन अनुसारको कसुरमा संलग्नता देखिने कुन प्रमाण संकलन गर्न बाँकी हो त्यसको स्पष्ट विवरणसहित म्याद थपको माग गर्ने गरी ३ दिन म्याद दिइएको भनिएको छ ।
प्रसाईंले ‘आफू क्यान्सर रोगबाट ग्रसित रहेको, हरेक दिन क्यान्सर रोगको उपचार भइरहेको, हरेक दिन चिकित्सकको निगरानीमा रहनुपर्ने र जीवन रक्षाका लागि चिकित्सकको निगरानीमा रहेर औषधि सेवन गर्नुपर्ने’ भन्दै हाजिरी जमानतमा छाड्न माग गरेका थिए । मिश्रलाई समेत यसअघि आवश्यक स्वास्थ्य जाँच र चिकित्सकको सिफारिस अनुसार उपचारको प्रबन्ध गराउने गरी आदेश भएको भन्दै अदालतले त्यसको प्रबन्ध गराउन भनेको छ ।
प्रहरीले प्रतिवादीहरुमध्ये धवलशमशेर जवरा, रविन्द्र मिश्र, कुमार वस्नेत, विष्णु पराजुली, दिपक खड्का, प्रेम थापा मगर, भानुभक्त पौडेल, तारानाथ वोहरा, दानवहादुर न्यौपाने, गोपिकृष्ण खड्का, रामकुमार धिमाल, सन्तोष चौधरी, पुष्कर खतिवडा, मुनिन्द्र राजभण्डारी, गोपाल मल्ल, हरिहर चौलागाईको वयान कार्य सम्पन्न गरेको छ ।
यस्तै, प्रतिवादी बनाइएका मध्येका विष्णु भन्ने विष्णुजंग बस्नेत, अनिलकुमार थापा, दुर्गा प्रसाई, सन्तोष सिलवाल (राजावादी), ओमप्रसाद लुईटेल, तेजन रायमाझी, पशुपति खड्का, देवीप्रसाद संग्रौलाको बयान कार्य सम्पन्न हुन बाँकी रहेको जनाइएको छ ।
प्रसाईको बयान सम्पन्न गरेर दुवै जनाको स्वास्थ्य समस्याको गम्भीरतालाई विचार गरेर कसुरमा संलग्नता पुष्टि गर्ने थप प्रमाण संकलन गर्ने कार्य बाँकी नरहेको अवस्थामा हाजिरी जमानीमा छाड्न वा तारेखमा राख्न सक्नेबारे अनुसन्धान अधिकारी र सरकारी वकिल कार्यालयलाई जानकारी गराउन भन्ने आदेश भएको छ । प्रसाईलाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । राप्रपा नेता मिश्रलाई १५ चैतमा काठमाडौंबाटै पक्राउ गरिएको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments