
प्रधानाध्यापकबाट कुटिएकी शिक्षिकालाई थप उपचारका लागि विराटनगर ल्याइयाे
- असार ५, २०७९ मा प्रकाशित
बिराटनगर । प्रधानाध्यापकको कुटाइबाट घाइते बनेकी खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ डाँडागाउँस्थित साक्षरता प्राथमिक विद्यालयकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि विराटनगर ल्याइएकाे छ ।
आर्थिक पारदर्शिताको विषयमा विवाद हुँदा प्रधानाध्यापक लक्ष्मी पौडेलले कुटपिट गरेपछि घाइते बनेकी शिक्षिका कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालका लागि सिफारिस गरेको हो ।शिक्षिका कार्कीलाई अस्पतालले सिफारिस गरेलगत्तै गाडी रिजर्भ गरेर विराटनगर ल्याइएकाे शिक्षिकाका श्रीमान कृष्ण कार्कीले बताए । शुक्रबार दिउँसो बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा सामान्य विवाद हुँदा प्रधानाध्यापक पौडेलले हानेको लात्ताले पेटमा लागेपछि गम्भीर घाइते बनेकी कार्कीलाई आफन्तले गए राति जिल्ला अस्पताल दिक्तेल लगेका थिए ।
बैठकमा छलफल हुँदाहुँदै प्रधानाध्यापक पौडेलले आफ्नो पानीपेटमा लात्ताले हान्दा स्वास्थ्यमा गम्भीर समस्या निम्तिएको शिक्षिका कार्कीले बताइन् । विद्यालयमा पाठ्यपुस्तक खरिदका लागि आएको १० हजार ८८५ रूपैयाँ, सीप विकासको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मत कोषको नौ हजार, छात्रवृत्तिको चार हजार ८००, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार र दिवाखाजाको ३४ हजार ५९६ गरी एक लाख ३२ हजार ९३१ रूपैयाँको आयव्ययका बारेमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीले बताइन् ।
यसअघि शल्यक्रिया गरेको ठाउँमा चोट लाग्दा शिक्षिका कार्कीको स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्ने अनुमान छ । पाठेघरसम्बन्धी समस्या रहेकी कार्कीको यसअघि तीन पटक नोबेल अस्पताल विराटनगर लगेर शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
जिल्ला अस्पतालमा गरिएको जाँचका क्रममा शिक्षिका कार्कीको अवस्था सामान्य देखिए पनि कुटपिटको घटना भएकाले थप समस्या आउन सक्ने सम्भावना मध्यनजर गरेर विराटनगर सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर नितु लामाले बताइन् । घटनाको विषयमा आफूकहाँ जानकारी आएको र इलाका प्रहरी कार्यालयलाई सत्यतथ्य बुझ्न निर्देशन दिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments