
प्रधानमन्त्री प्रचण्ड-मुख्यमन्त्री हिक्मत कार्कीबीच भेटवार्ता : प्रदेश बलियो बनाउने विषयमा छलफल
- माघ १८, २०७९ मा प्रकाशित
इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको संख्या घटाएर राम्रो काम गरेको भन्दै प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई धन्यवाद दिएका छन् ।प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेका थिए । भेटका क्रममा प्रदेशको मन्त्रालय संख्या घटाएकोमा प्रधानमन्त्रीले आफूलाई धन्यवाद व्यक्त गरेको कार्कीले जानकारी दिए ।
यस्तै प्रधानमन्त्रीसँग आफूले संघीयतालाई बलियो बनाउने विषयमा कुराकानी गरेको कार्कीले बताए । ‘संघीयता बलियो बनाउनका लागि निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन छिटो ल्याउन आवश्यक छ,’ मुख्यमन्त्री कार्कीले भनेका थिए । जवाफमा प्रधानमन्त्रीले प्रदेश सरकारलाई बलियो बनाउने कुरामा आफू प्रतिबद्ध रहेको र अधिकार दिने कुरामा आफ्नो तर्फबाट पहल भइरहेको बताएका थिए ।
प्रदेश १ सरकार गठन भएको एक महिना पुग्न लागेको छ । गत पुस २५ गते गठन भएको प्रदेश १ सरकारमा ६ मन्त्रीसहित ७ सदस्यीय मन्त्रीमण्डल रहेको छ । ९ मन्त्रालय रहने औपचारिक निर्णय गरिसकेको प्रदेश सरकारमा थप दुई मन्त्री नियुक्ति हुन बाँकी छ । सो विषयमा पनि छलफल भएको स्रोतले बताएको छ । यद्यपि त्यसबारे आफूसँग कुनै छलफल नभएको मुख्यमन्त्री कार्कीले बताए । ‘अहिले सामान्य सिष्टाचार भेट गरेको हुँ,’ कार्कीले भने, ‘मन्त्रालयको विषय त्यहीं टुंगो लाग्छ, माथि छलफल गर्नुपर्ने आवश्यकता छैन ।’ भेटका क्रममा प्रधानमन्त्रीले मितव्ययिता र सुशासनमा जोड दिँदै प्रदेश सरकारले जनताले अनुभूति हुने गरी काम गर्न पनि मुख्यमन्त्री कार्कीलाई आग्रह गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments