
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी
- असार २४, २०८० मा प्रकाशित

जाजरकोट । कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी देखिएको छ । जाजरकोटका विभिन्न पालिकाभित्र जोन, पकेट र ब्लक क्षेत्रमा परियोजना सञ्चालित छ । ती क्षेत्रमा भएको समीक्षाबाट परियोजनाले किसानको समस्या हल भएको पाइएको हो ।
परियोजना जाजरकोटका प्रमुख दीपेन्द्र पोखरेलले किसानको जीवनस्तर माथि उकास्न परियोजना प्रभावकारी भएको बताए । पालिकाका कृषि शाखा प्रमुखबाट जनताले गरेका अपेक्षाका बारेमा जानकारी लिई भएका कामको सो अवसरमा समीक्षा समेत गरिएको छ । कार्यालयले ८६ दशमलव ४३ प्रतिशत काम भई लक्ष्य नजिक पुगेको उनले बताए ।
यसमा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटतर्फ बाख्रा ब्लक विकास कार्यक्रमअन्तर्गत ९५ दशमलव २४ प्रतिशत, सम्पूर्ण स्थानीय तहअन्तर्गत पकेट विकास कार्यक्रममा ८७ दशमलव ०९ प्रतिशत, जोन विकास कार्यक्रमतर्फ ८२ दशमलव चार प्रतिशत र कृषि विकास कार्यालय जाजरकोटबाट सञ्चालित विभिन्न ब्लकमा (तरकारी, स्याउ, ओखर र मकै) ब्लक विकास कार्यक्रमअन्तर्गत ८१ दशमलव आठ प्रतिशत प्रगति भएको परियोजना प्रमुख पोखरेलले बताए ।
जिल्लामा यो कार्यक्रम लागू भएपछि हालसम्म १६ हजार सात सय ५४ जनाले प्रत्यक्ष रोजगारी पाएको र यो आर्थिक वर्षमा मात्र एक हजार सात सय ९० जनाले रोजगारी पाएको कार्यालयले जनाएको छ । कार्यालयले चारवटा विभागमध्ये तीन वटा (जोन, पकेट र ब्लक) विभाग चालु अवस्थामा रहेको बताएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments