
प्रदेश १ मै सर्वाधिक मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना इटहरीमा
- फाल्गुन ९, २०७८ मा प्रकाशित
विराटनगरः प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएका छन् ।
सन् २०२१ जनवरी देखि डिसेम्वर सम्मकोे अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट ८८९ जना पीडित भएको अनौपचरिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ । विराटनगरमा औं संस्करणको मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण कार्यक्रममा गत वर्ष राज्यपक्षबाट ४७ जना पीडित भएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताए ।
उनका अनुसार सन् २०२० मा प्रदेश १ मा ८ सय १३ जना पीडित भएको इन्सेक अभिलेखमा छ । गत वर्षको तुलनामा यस वर्ष प्रदेश १ मा १ सय ६ जना बढी मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन् ।
सन् २०२१ मा प्रदेश १ मा अपहरणका घटनामा चार, गिरफ्तारी ३, कुटपिट ४५, बाल अधिकार ३ सय ५, हिरासतमा मृत्यु २, घाइते १२, हत्या ६७, जातीय विभेद १, धम्की ४, यातना १, महिला ४६८ र कारागारमा मृत्यु ७ गरी ९ सय १९ जना मानव अधिकारका घटनामा पीडित भएको प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताए ।
सन् २०२१ मा प्रदेश १ मा महिला अधिकारका घटनामा ४ सय ६८ जना पीडित भएको उनले बताए । गत वर्ष ३ सय २५ जना पीडित भएको इन्सेक अभिलेखमा छ । सन् २०२१ मा बाल अधिकारका घटनामा ३ सय ५ जना पीडित भएको इन्सेकले जनाएको छ ।
यो वर्ष प्रदेश १ का कूल १ सय ३७ स्थानीय तहमध्ये आठ स्थानीय तहमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएनन् । इटहरी उपमहानगरपालिकामा सबैभन्दा बढी ३६ जना पीडित भएका घटना भएको अधिकारीले बताए । बर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा झापाका नरेश खातीलाई नगद ७ हजार सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश तिलप्रसाद श्रेष्ठ, मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौला, पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लीलाबल्लभ घिमिरे, मोरङ अध्यक्ष संजीव खनाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments