
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, आजै सपथ दिलाइने
- माघ २३, २०७८ मा प्रकाशित
इटहरीः प्रदेश १ सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ ।
सत्ता गठबन्धन टिकाउनका लागि भागबन्डा पुर्याउने उद्देश्यले सात ओटा मन्त्रालयलाई फुटाएर १२ ओटा कायम गरेकोमा त्यसले पनि नपुगेपछि मन्त्रालयको संख्या १३ बनाएको सरकारले नेकपा एकीकृत समाजवादी र कांग्रेसका तीन तीन र नेकपा माओवादी केन्द्रका दुई जनालाई मन्त्री बनाउन लागेको हो ।
नवनियुक्त मन्त्रीहरुलाई आज सपथ दिलाउने प्रदेश सरकारको तयारी छ । माओवादी केन्द्रबाट रामकुमार राई, झलकिसंह दर्लामी मन्त्री बन्नेछन् । नेकपा एकीकृत समाजबादीबाट राजन राई, खिनु लिम्बु , उपेन्द्र घिमिरे मन्त्री बन्नेछन् । नेपाली काङ्ग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापा मन्त्री बन्नेछन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय विभाजन गरी नयाँ गठन गरिएको सञ्चार मन्त्रालयको जिम्मेवारी उपेन्द्र घिमिरको भागमा परेको स्रोतले बताएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments