
प्रदेश १ मा बढ्यो मोटरसाइकलको कर , कुनमा कति ? पाँच वर्षको एकमुष्ट तिरे १० प्रतिशत छुट
- असार ३, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ सरकारले सवारी कर बढाएको छ । आगामी आर्थिक वर्षको बजेटले सवारी कर बढाएको हो ।प्रदेश सरकारले १२५ सीसीको मोटरसाइकलमा एक सय रुपैयाँ कर बढाउन प्रस्ताव गरेको छ ।
यसअघि १२५ सीसीको मोटरसाइकलको वार्षीक कर दुई हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो । अब ३ हजार रुपैयाँ तिर्नु पर्ने छ ।१२६ देखि २६० सिसीसम्मका मोटरसाइकल तथा स्कुटरमा पाँच सय शुल्क घटाउन प्रस्ताव गरेको प्रदेश सरकारले १६१ देखि २५० सिसीसम्मको मोटरसाइकलमा एक हजार रुपैयाँ बढाउन प्रस्ताव गरेको छ ।
यसअघि १२६ देखि २५० सीसीसम्मको मोटरसाइकलको वार्षिक कर ४ हजार ५०० निर्धारण गरिएको थियो । नयाँ व्यवस्था अनुसार अब १२६ देखि १६० सीसीसम्मको मोटरसाइकल तथा स्कुटरमा ४ हजार र १६१ देखि २५० सीसीसम्मका मोटरसाइकलको वार्षिक कर ५ हजार ५०० रुपैयाँ तोकिएको छ ।
सरकारले २५१ देखि ४०० सिसिसम्मका मोटरसाइकलमा एक हजार र ४०१ सीसी देखिमाथिका मोटरसाइकलको कर एक हजार पाँच सय रुपैयाँ बढाएर १० हजार रुपैयाँ बनाइएको छ ।४०० सीसी भन्दामाथिको मोटरसाइकलको कर १८ हजार रुपैयाँ कायम गरिएको छ ।
प्रदेश सरकारले बजेट मार्फत साना चार पांग्रे सवारी साधनको कर पनि बढाएको छ । १ हजार सीसीसम्मको कार, जीप, भ्यान र माइक्रोबसको कर एक हजार एक सय बढाएर २२ हजार ५०० बनाइएको छ । अटो रिक्सा, टेप्पो, ट्याक्टर, पावर टिलर, डोजर, एक्साभेटर, लोडर रोलरलगायत सवारीको वार्षिक करमा पाँच सयदेखि तीन हजारसम्म बढेको छ ।
प्रदेश १ को बजेटले एकै पटक पाँच वर्षको सवारी कर तिरेको अवस्थामा दश प्रतिशत छुट दिने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षमा एकै पटक पाँच वर्षको सवारी कर तिर्ने करदातालाई १० प्रतिशत छुट दिने नीति बनाएको प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालका सचिव सुमन दाहालले बताए ।
प्रदेशको आम्दानी वृद्धि गर्न र सर्वसाधरणलाई पनि सहजता प्रदान गर्न नयाँ व्यवस्था गरिएको उनको भनाइ छ ।आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको सरकारले आन्तरिक आम्दानी चार अर्ब ९८ करोड हुने अनुमान गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments