
प्रदेश-१ को नामाकरणबाट काेशी आउट : दलहरूकाे राेजाइमा बिराट , बिजयपुर र सगरमाथा
- श्रावण २, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश–१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन । दलहरु नामकरणका लागि आ–आफ्नै अडानमा बसेपछि सहमतिका लागि सभामुख भण्डारीले बैठक बाेलाएका हुन ।
सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।त्यस्तै बजेट पारित भएसँगै स्थागित भएको प्रदेशसभा बैठक यहि साउन ८ गते दिउँसो १ बजेका लागि बोलइएको सचिव पराजुलीले बताए।
यसैबीच प्रदेश १ को नाम पहिचानका आधारमा राख्न माग गर्दै किरात राई यायोक्खाले मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेको छ ।घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएको आयोजकले जानकारी दिएका छन् । उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका छन् ।
प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टंगो नाग्दा दिनहुँजसो दवावमूलक आन्दोलन भइरहेका छन् । यस अघि दलहरूबिच बसेकाे प्रदेशकाे नामाकरण गर्ने बैठकमा एमाले , कांग्रेसले काेशि वा सप्तकाेशी प्रदेश राख्न सुझाव दिएका थिए । तर सहमति जुटन नसकेपछि यि दुवै नाम लिस्टबाट आउट भएकाे छ ।
सर्वदलीय बैठकले काेशि नभए बिजयपुर , सगरमाथा , बिराट प्रदेशकाे चर्चा चलाएका छन । एमाले र कांग्रेसले काेशी र सप्तकाेशि नामाकरण गर्न दबाब दिदै आएकाेमा दुवै नाममा बहुमत पुग्न नसक्दा चर्चामा बिराट , बिजयपुर र सगरमाथा आएका हुन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments