
प्रदेश–१ का मुख्यमन्त्री कार्कीले शपथ लिँदै, आजै मन्त्रिमण्डल विस्तार
- पुष २५, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश–१ का नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (सोमबार) शपथ ग्रहण गर्ने भएका छन् । उनलाई आज दिउँसो २ बजे प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउने तयारी गरेका छन् ।
नव नियुक्त मुख्यमन्त्री कार्कीको शपथ ग्रहणका लागि आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक मंगलबार ११ बजेसम्मका लागि सूचना टाँसेर प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले जानकारी गराएका हुन् ।
कार्कीसँगै अरु चार मन्त्रीले समेत शपथ ग्रहण गर्ने तयारी छ । नव नियुक्त मुख्यमन्त्रीले पाँच सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । उनले एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीबाट १÷१ जना मन्त्री नियुक्त हुने बताएका हुन् ।
मन्त्रीमा एमालेबाट ताप्लेजुङ १(१) बाट निर्वाचित तीलकुमार मेन्याङ्बो, माओवादी केन्द्रबाट ताप्लेजुङका दुर्गाप्रसाद चापागाई, राप्रपाबाट दलका नेता झापाका भक्तिप्रसाद सिटौला र जनता समाजवादीका एक्ली प्रदेश सांसद निर्मला लिम्बूले शपथ लिने तयारी गरेका हुन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments